नेपाल र भारत बीचको खेलमा अम्पायरको गम्भीर त्रुटी, आउट थिएनन् कुशल !

एसियाली खेलकुदमा क्रिकेटको क्वाटरफाइनलमा नेपाल र भारत बीचको खेलमा अम्पायबाट ठूलो त्रुटी भएको छ। नेपालका ब्याट्सम्यान कुशल भुर्तेललाई आउट करार दिनेक्रममा रेफ्रीले ठूलो त्रुटी गरेका हुन्।

भुर्तेलले ३१ बलमा २८ रन बनाइसकेका थिए। भारतीय बलर साइ किशोरको बलमा ३२ औं बलको सामना गर्दै कुशलले गरेको प्रहार आभेस खान को क्याचमा अम्पाएरले आउट दिएका थिए।

तर अम्पायरको सो निर्णय गलत रहेको पाइएको छ। सार्वजनिक एक तस्विरमा क्याच हुँदा बलले स्पष्ट रुपमा जमिनलाई छोएको देखिएको छ। यति बेला सो तस्विर सामाजिक संजालमा भाइरल छ।

धेरैले अम्पायरको निर्णयको खुलेर आलोचना गरेका छन्। एशियन गेम्समा रिभ्यू सिस्टम नहुदा गलत अम्पाएरिङको शिकार नेपाल भएको धेरैको भनाई छ।

टस जितेर ब्याटिङमा उत्रिएको भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रँदा नेपालले निर्धारित २० ओभर खेल्दै १ सय ७९ रन बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights