दशैंमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यी हुन् ल्याउन पाइने र नपाइने सामानहरू

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैंका लागि स्वदेश फर्किने यात्रुहरूलाई कानूनले छुट सुविधा दिएका तथा व्यक्तिगत प्रयोजनमा भन्सार तिरेर ल्याउन पाउने सामान मात्र ल्याउन आग्रह गरेको छ ।

पछिल्लो समय कानून विपरीत ल्याइएका सामान जफत हुने र ल्याउने व्यक्तिहरू कारबाहीमा पर्ने गरेको भन्दै विमानस्थल भन्सार कार्यालयले सबै प्रक्रिया बुझेर मात्र सामान ल्याउन आग्रह गरेको हो ।

‘यात्रुहरूले मापदण्डभन्दा बढी मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तु जफत हुने तथा सोको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने गरेका छन्,’ विमानस्थल भन्सार कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्म सुनका गहना भन्सार नतिरी ल्याउन पाउने व्यवस्था रहेको विज्ञप्तिमा जनाइएको छ । थप २०० ग्रामसम्म सुनका गहना भन्सार तिरेर ल्याउन पाउने व्यवस्था रहेको भन्सार कार्यालयले जनाएको छ ।

गहनाको आकार मात्र दिइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएको सुनले भन्सार छुटको मान्यता नपाउने समेत विज्ञप्तिमा उल्लेख छ । मोबाइलको हकमा आफूले प्रयोग गरेको मोबाइल ल्याउन पाइने र अतिरिक्त एउटा मोबाइल भन्सार प्रक्रिया पूरा गरेर थप शुल्क नतिरी ल्याउन पाइने पनि कार्यालयले जनाएको छ ।​

श्रमस्वीकृति लिई १२ महिना काम गरेर फर्कने सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले जुनसुकै टेलिभिजन ल्याउँदा भन्सार तिर्नुनपर्ने र श्रम स्वीकृति लिएरै १२ महिना काम गरेका अन्यको हकमा ३२ इञ्चसम्मको टीभीमा मात्र भन्सार नलाग्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, बाँकी सबै अवस्थामा टीभी तथा मोबाइलहरूमा भन्सार तिर्नुपर्छ । यसैगरी ५ हजारभन्दा माथि डलर ल्याएमा विमानस्थलमै स्वघोषणा गर्नुपर्ने र त्यसको अतिरिक्त शुल्क नलाग्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट