भोलि असोज १६ गते मंगलबार: माता पाथीभराको दर्शन गरि हेर्नुहोस् राशिअनुसार तपाईंको भाग्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागी खर्च हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आफूभन्दा ठूला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
गरि राख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ । काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
केही विवाद तथा समेत परिने योग छ, सावधान रहनु होला । शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ । झै भगडा हुने दिन छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights