दशैँ आउन अब मात्र १२ दिन बाँकी , को-को excited हुनुहुन्छ त?

दशैँ आउन अब मात्र १२ दिन बाँकी रहेको छ दशैँ के हो ? नवरात्रीमा नवदुर्गाको पूजा किन गरिन्छ ?भन्ने बारेमा जन्नुहोस । हिन्दूधर्मको महान चाड हो दशैँ । दशैँ दश दिन मनाउने पर्व भनेर बुझ्न सकिन्छ । दशैँको सरुवात आश्विन शुक्ल प्रतिपदा देखि हुन्छ, अर्थात भोलीबाट दशैँ सुरू हुन्छ । जसलाई नवरात्र (नवरथा) पनि भन्ने गरिन्छ ।

प्रतिपदाको देखिनै घर–घरमा जमरा (जवँरा) राखि दुर्गा भगवतिको नौ रुपको पूजा आराधना गर्ने गरिन्छ । दूर्गाको पूजा गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

जमरा राख्दा सप्तधान छर्ने गरिन्छ । जमराको रस स्वास्थ्यको लागि पनि उपयोगी मानिन्छ । देवीभागवत अनुसार– सीता वियोगमा सन्तप्त्त रामलाई नारदमुनिले आएर नवरात्रको उपासनाले उनको सम्पूर्ण कष्ट हरण हुने कुरा व्यक्तगरे र रामलाई आश्विनको नवरात्रको व्रत गर्ने प्रेरणा दिए ।

“व्रतं कुरुष्व श्रद्धावानाश्विने मासि साम्प्रतम्” आश्विनको व्रतको प्रभावले नै हजुरले रावण लाई जित्न सक्नुहुने छ । नवदुर्गाको उपासनाले शक्ति संचय हुनुका साथै आत्मवल प्राप्ति हुन्छ ।

तेसैले हे राजेन्द्र हजुरले रावण वधको लागि नवरात्र व्रत गर्नुस– “तस्मात्वं कुरु राजेन्द्र रावणस्य वधाय च” नारदको वचनबाट प्रेरित भएर श्रीरामले नवरात्रको सबिधि व्रत गरे । व्रतको शक्ति संचयको प्रभावले रामचन्द्र भगवानले रावण माथि विजय हासिल गरे । दुष्ट सक्तिमाथि विजय हासिल गरेको हुनाले विजया दशमीको रुपमा मनाउन थालियो ।

दशैँको पहिलो दिन– प्रतिपदाका दिन जमरा राखि सुरुहुने दशैँको पहिलो दिन धरको सरसफाई गरेर जवँरा राखी दूर्गा भगवतिको पहिलो रुप शैलपुत्री को पुजागर्ने गर्ने गरिन्छ । दशैँको पहिलो दिन यिनको पूजा आराधना गर्ने गरिन्छ । शैलपुत्रीको पूजाले धैर्य, शहनशीलता ममता, करुण्यता पाईने र पृथ्वी तत्वको सन्तुलन शरीरमा रहने कुराको शास्त्रमा उल्लेख गरिएको छ । यसदिन पूजन पछि सेतो चिज तथा गाईको घ्यूले वनेको परिकार चढाउँनाले रोगबाट मुक्ति मिल्ने मानिएको छ ।

दोस्रो दिन
दशैँको दोस्रोदिन ब्रह्मचारिणीको पूजन गर्ने गरिन्छ । यिनले तपको आचरण गर्ने भएका कारण ब्रह्चारिणी भनिएको हो । पूर्वकालमा फल–फूल पात खाएर घोर तपश्या गरेर शिव भगवान लाई पतिरुपमा वरण गरेकी थिइन् । ब्रह्चारिणी शक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी बिकार पैदा नहुने कुराको वर्णन पाईन्छ । पूजा पछि चीनी मिश्री र पञ्चामृत प्रशाद चढाउँनाले तथा दान गर्नाले दिर्घायु हुने मानिन्छ ।

तेस्रो दिन
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजागर्ने गरिन्छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुसोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । यिनलाई बिर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउछ भनिएको छ । तेस्रो शक्तिको पूजा आरधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान हुने मनिन्छ । यसदिन पनि पूजा पछि दूधवाट बनेको पदार्थ प्रशाद लगाउनाले सम्पूर्ण दुख नासहुने मानिएको छ ।

चौथो दिन
नवरात्रको चौथो दिन भगवतीको कूष्माण्डा नामले आरधना गर्ने गरिन्छ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको भनिएको छ । माताको निवास सूर्य मण्लमा रहेको छ भने सेतो कुभिण्डोको जस्तो रुपभएका कारण यिनलाई कूष्माण्डा भनिएको हो । पूजनपछि माल पूवाको प्रशाद चढाउँने र बाँढेर खानाले बुद्धि दिमाग तिब्रहुने भनिएको छ ।

पाँचौ दिन
पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने गरिन्छ । स्कन्दमाता देवताहरुका सेनापति कार्तिकेय कुमारकी माता भएका कारण स्कन्दमाता भनिएको हो । स्कन्दमाताको पूजा ले बच्चाहरुको संरक्षण हुने , तथा न्यालयमा बिजय प्राप्तिमा सहयोग हुने मानिन्छ । यिनको पाँचौ दिन पूजा गर्नाले काम, क्रोध, लोभ मोह शान्त हुने मानिन्छ । स्कन्दमाताको पूजाले आकाश तत्वको सन्तुलन हुन्छ । यसदिन देवीलाई केराको भोग लगाउने तथा प्रशाद बाँढेर खानाले बुद्धि विकाश हुने मनिएको छ ।

छैठौँ दिन
नवरात्रको छैठौँ दिन दूर्गाको कात्यायनी रुपको पूजन गर्ने गरिन्छ । महिषासुरको उत्तपातले आक्रान्त पृथ्वीको संरक्षणको लागि महर्षि कात्यायनको घरमा उत्पत्ती भएका कारण कात्यायनी भन्ने गरिन्छ । भगवान कृष्ण पति पाउन गोपी हरुले यिनै भगवतीको पूजा गरेका थिए । कात्यनीको पूजा गर्नाले कन्याहरुले आफूले चाहेको बर पाउने कुराको उल्लेख छ । माता कात्यायनी को पूजा गर्नाले भवन, भूमि, ऐश्वर्य मिल्ने हुन्छ भनिएको छ । कात्यायनीको पूजाले समस्त मानसिक , दैविक , दैहिक कष्ट नाश हुने र घरमा सुख, शान्ति प्राप्त हुने विश्वास रहीआएको छ ।

सातौँ दिन
नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आरधना गर्ने गरिन्छ । कालो स्वरुप भएकाकारण कालरत्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ । यसदिन घरकोतमा फूल पाती पनि भित्राउने गरिन्छ ।

सप्तमीको दिन फूल पातीस्वरुप केरा, दारिम, धान हलेदो, माने, कर्चुर, वेल, अशोक, र जयन्ती नौ प्रकारका बस्तु हरु लाई बाजा बजाउँदै विधिवत लगेर घर भित्र अथवा कोट मन्दिर हरुमा भित्रयाउने गरिन्छ ।

आठौँ दिन
नवरात्रको आठौँ दिन महागौरीको आरधना गर्ने गरिन्छ । यसदिनलाई महा अष्टमी पनि भनिन्छ । महागौरि आठ वर्षको उमेरमै कठोर तपश्यामा लिन हुदाँ शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएका कारण महागौरि भनिएको हो । यस दिन आफ्ना कुलदेवी कोत घरमा वलि पनि दिने प्रचलन छ तर वली अर्थ खासमा हिंसा भने होईन वली भनेको त निवेदन अथवा उपाहार हो ।

बलीभनेको मनुष्यमा रहेको काम, क्रोध लोभ, मोह अहंकर रुपी पशुलाई भगवतीको चरणमा अर्पण गर्नु भनिन्छ । यस दिन देवीको बाहन सिंहलाई विधिवत पूजन गर्ने र हात हतियार हरुको पूजा गर्ने प्रचलन पनि रहेको छ । महागौरिको पूजाको दिन नरिवलको प्रशाद लगाएर सबैलई बँढेंर खानाले सकल मनोरथ पुराहुने विश्वास छ ।

नवौँ दिन
दशैँको अधिल्लो दिन यानि नवरात्रको नवौं दिन भगवती दूर्गाको सिद्धिदात्री स्वरुपको पूजा गर्ने गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा तथा विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नव कन्याहरूको पनि पूजाआजा गर्ने गरिन्छ । सिद्धिदात्रीको पूजाले मनको अहंकार मेटिन्छ भनिएको छ ।

यसै दिन पूजन पश्चात् देवीलाई सम्पूर्ण प्रकारको अन्न तथा हलुव, चना, पुरी, खीर, आदिका व्यञ्जनको भोग लगाएर गरीब दुखीलाई बाँट्नाले सबै प्रकारका कष्टको निवारण हुने बताइन्छ ।

दशौँ दिन
दशौँ दिनलाई दशैँ भन्ने गरिन्छ । नौ दिन सम्म गरिएको पूजा आरधनाको प्रसाद आर्शिवाद लिने दिनको रुपमा पनि दशैँलाइ चिनिन्छ । अश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन मनाइने भएको हुनाले दशैँ भनियो ।

यस दिन भगवन रामचन्द्रले नारदका उपदेश ले नवरात्रव्रत गरि रावण माथि विजय प्राप्त गरेकाले विजयादशमी भनिएको भन्ने पाईन्छ , नौ दिनसम्म गरेको पूजामा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न राता अक्षताका तीन थुप्रा बनाई मध्यमा अपराजिता देवी दाँया जया देवी र वाँया विजया देवीको यथाशक्ति पूजा र जमराको पूजा गरी अनि भगवती दूर्गा पितृ अन्य देवीदेवता चढाई त्यो टीका प्रसाद आफुभन्द ठुलाको हातबाट थाप्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights