पाथिभरा माताको उत्पति र महिमा पढेर एक सेयर गरी पुण्य कमाउनुहोस (जय माता पाथिभरा)

पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छ: परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अ लप भए ।

त्यस्तो अकल्पनिय घ टनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे ।

त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन ।

यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ।

जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ । सदरमुकाम खाँदबारीबाट ८७ किलोमिटर पूर्वमा टुटे दुउराली पुगिन्छ । टुटे देउराली बाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदल गएपछि पाथिभरा पुगिन्छ । खाँदबारी –चैनपुर–टुटे देउराली पुग्न सकिन्छ जुन किमाथांका– जोगवनी कोशी राजमार्ग सडक खण्डमा पर्छ ।

जहाँबाट २० मिनेटको गाडीको यात्राले पाथिभरा भगवती मन्दिर पुग्ने पहिलो खुड्कीलो पुगिन्छ । उक्त खुड्कीलाबाट हजार खुड्किला पार गरेपछि पाथिभरा मन्दिर पुगिन्छ ।

यसरी पुग्न सकिन्छ पाथिभरा मन्दिरःपाथिभरा दर्शनका लागि तेह्रथुम ,धनकुटा ,सुनसरी ,मोरङ,झापा जिल्ला बाट समेत बस चढेर घुम्न आउने पर्यटकहरुको घुइचो लाग्ने गरेको छ ।विशेष गरी वैशाख १ गते नयाँ वर्षमा लाली गुराँस फूल्ने भएकाले पर्यटकहरुको घुइचो लाग्ने गरेको छ ।

यस वरपर विश्वमा पाइने ३३ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यस मन्दिरको परिसरबाट मौसम खुला हुँदा सप्तकोशी नदीको पानी समेत देख्न सकिन्छ भने ताप्लेजुङमा रहेको ठूलो पाथिभराको दर्शन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights