छिन्नमस्ता मन्दिरमा दैनिक महागंगा आरती

प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शुक्रबार साँझबाट महागंगा आरती सुरु भएको छ ।

मन्दिर अगाडि रहेको पोखरीमा महागंगा आरती सुरु गरिएको हो । दैनिक साँझ ७ बजे महागंगा आरती गर्ने तयारी गरिएको पिठाधिस महाकान्त ठाकुरले बताए ।

आरती कार्यका लागि पाँच जनालाई भारतको वनारसबाट प्रशिक्षित गराएर ल्याइएको छ । महागंगा आरतीको सुरुआतले छिन्नमस्ता मन्दिरमा थप संख्यामा नेपाली र भारतीय भक्तजनहरू आउने विश्वास गरिएको छ ।

महा्गंगा आरतीको पहिलो दिन शुक्रबार साँझ जिल्लाका राजनैतिक नेतृत्व, स्थानीय सरकार प्रमुखहरु, प्रशासनिक प्रमुखहरुसँगै संचारकर्मीहरु र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट