मोरङको मिक्लाजुङमा मन्दिर निमार्ण गर्ने क्रममा पैसा भेटियो

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मा रहेको भगवती शिव राधाकृष्ण दुर्गा मन्दिरमा पुरानो ठाउँलाई हटाएर नयाँ निमार्ण गर्ने क्रमम पैसा भेटीएको हो ।

पुरानो मन्दिको जिर्ण अंशहरुलाई हटाउने क्रममा नगद एक लाख ६ हजार एक सए रुपैया रकम गन्न मिल्ने र अरु केही रकम गन्न समेत नमिल्ने अवस्थामा भेटीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन नेपालले बताए ।

यो पैसा कसरी त्यहाँ रहेको थियो भन्ने बारे केही पूर्ण जानकारी प्राप्त भएको छैन । प्राय पैसाहरु धेरै गन्न मिल्ने एक हजारका नोट भएको र पैसामा सगरमाथाको चिन्ह अंकीत भएको बताइएको छ । कसरी त्यहाँ रहेको थियोे सो विषयमा अनुसन्धान भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights