पेटमा ग्यास भरिने समस्या छ ? यी ५ चिज कहिल्यै नखानुहोस्

काठमाडौँ । हामी धेरैले अपानवायु छाड्छौँ। पेटमा जति धेरै ग्यास भरिन्छ, उति मात्रामा ग्यास निस्कने हो। हाम्रो खानपानकै कारण पेटमा ग्यास उत्पादन हुन्छ। खानपानमा ख्याल गरेमा ग्यास भरिने समस्याबाट छुटकारा पाउन सकिन्छ।

खाना हतारमा खानुहुन्छ भने अबदेखि बिस्तारै खाने गर्नुहोस् । हतारमा खाना खानेहरूमा एसिडको मात्रा बढ्ने र यसले गर्दा पेटमा ग्यास भरिने समस्या हुन्छ ।

राति अबेरसम्म नसुत्ने र बिहान धेरै बेरसम्म सुत्नेहरूमा ग्यास भरिन्छ । धेरै तनावमा रहनेहरूमा डाइजेस्टिभ इन्जाइम्सको सिक्रिसन कम हुन्छ । यसले ग्यास भरिने समस्या बढ्न जान्छ । निरन्तर कुर्सीमा बसेर काम गर्नेहरूमा राम्रोसँग खाना डाइजेस्ट हुँदैन । उनीहरूमा पनि ग्यास भरिने समस्या हुन्छ ।

यी खानेकुराले बढाउँछ ग्यास
आलुः धेरै आलु खानेहरूमा ग्यास भरिने समस्या अधिक मात्रामा हुन्छ । यसमा स्टार्चको मात्रा अधिक हुने भएकाले ग्यास पनि उत्तिकै उत्पन्न हुन्छ ।
राज्माः राज्मा हामी तरकारीको रूपमा खान्छौँ । तर, अरू दालको तुलनामा राज्माबाट ग्यास उत्पादन बढी मात्रामा हुन्छ । राज्मा डाइजेस्ट हुनका लागि धेरै समय लाग्ने भएकाले ग्यास उत्पादन बढी मात्रामा हुन्छ ।

गोभीः फूलगोभीमा रेफिनोजको मात्रा अधिक हुन्छ । यो खानाले ग्यास धेरै मात्रामा बढाउँछ ।
दूधः दूध धेरै खानेहरूको पेटमा ग्यास भरिन्छ । दूधमा पाइने लेक्टोज डाइजेस्ट हुन धेरै समय लाग्छ र ग्यास भरिन्छ ।

स्याउः फलफूल खानेहरूमध्ये धेरैले स्याउ पनि अधिक मात्रामा खान्छन् । तर, धेरैलाई थाहा छैन, स्याउ डाइजेस्ट हुनका लागि धेरै समय लाग्छ र ग्यास उत्पादन भई पेट भरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट