हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबर

रात्रीकालिन रेष्टुरेन्टहरुमा नजर डुलाउनुहोस्, हुक्काको धुँवाले कुइरीमण्डल देखिन्छ । खासगरी तन्नेरी जमात हुक्काको धुँवामा मस्त देखिन्छन् । हुक्काको यो लहडले धेरैलाई धुँवाको अम्मली बनाउँदै लगेको छ । किनभने हुक्का तान्नुलाई ग्लानी होइन, गर्व गर्ने जमात बढी छ ।

हुक्काप्रतिको यही आशक्तिले होला, शहरका रेष्टुरेन्टहरुमा हुक्का अनिवार्य जस्तै भइसकेको छ । जहाँ जहाँ बार छन्, त्यहाँ हुक्का पक्का छ । र, जहाँ जहाँ हुक्का छ त्यहाँ तन्नेरीहरु झुम्मिएका छन् । सोझै भनौं, हुक्का फेसन भएको छ ।

कहिल्यै ओंठमा चुरोट नच्यापेकाहरु पनि हुक्का तान्न तम्सिन्छन् । त्यसैले त किशोर-किशोरीदेखि चुरोटमा स्वादै नभिजेकाहरु पनि हुक्का तान्न हौसिएका छन् । जगजाहेर छ, चुरोटका अम्मलीहरु क्यान्सरको उच्च जोखिम बर्गमा पर्छन् ।

जबकि हुक्का चुरोट भन्दा सैयौं गुण घातक रहेको चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा हुक्कालाई पनि समेटेको छ, जो स्वास्थ्यका लागि अति हानिकारक भनिएको छ ।

हुक्का सेवन चुरोट भन्दा पनि बढी हानिकारक भएको वरिष्ठ छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘हुक्कामा निकोटिन, धातुको कण, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्छ’ डा. पंगेनी भन्छन्, ‘चुरोट सेवन गर्दा हाम्रो शरीर भित्र जति धुँवा प्रवेश गर्छ त्यो भन्दा बढी धुँवा हुक्का सेवन गर्दा प्रवेश गर्छ ।’

सुर्तीजन्य हुक्का प्रयोग गरेको छ भने चुरोटको धुँवा र हुक्काको धुँवामा केही फरक हुँदैन । विभिन्न फ्लेवर हुक्का सेवन गरेको छ भने पनि त्यसमा प्रयोग हुने कोइला र प्लेवरमा भएको रसायनले स्वास्थ्यमा एकदमै नकारात्मक असर गर्छ ।

सुर्तीजन्य हुक्का तथा फ्लेवर हुक्कामा निकोटिनको परिमाण तलमाथि हुन सक्छ । तर, त्यसमा पाइने रसायनहरूको मात्रा र त्यसले स्वास्थ्यमा गर्ने असर उत्तिकै हुने पंगेनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights