भुलेर पनि यस दिशामा बनाउँनु हुँदैन भान्साघर, अन्यथा परिवारमा हुनसक्छ मनमुटाव !

भान्सा कुनै पनि घरको अत्यावश्यक स्थान हो। जसको माध्यमबाट हामी दिनभरि काम गर्न ऊर्जा परिचालन गर्छौं। भान्साकोठामा राखिएका प्रत्येक उपकरण कुनै पनि मानिसका लागि आवश्यक हुन्छ।

वास्तु शास्त्रका अनुसार भान्साकोठामा राखिएका सबै कुराले घरमा सकारात्मक उर्जा ल्याइरहेको छ कि छैन भन्ने कुरा सुनिश्चित गर्न निकै आवश्यक हुन्छ। सही दिशामा बनाइएको भान्साले परिवारको स्वास्थ्य कायम राख्न मद्दत गर्ने विश्वास रहेको छ।

वास्तुशास्त्रबाट दिशाको ज्ञान थाहा हुन्छ। वास्तुशास्त्रका अनुसार अग्निदेवको वास दक्षिण-पूर्व दिशामा हुन्छ, त्यसैले भान्सा दक्षिण-पूर्व दिशामा बनाउनुपर्छ। यदि कुनै कारणले यो सम्भव छैन भने, तपाईं उत्तर-पश्चिम दिशामा पनि भान्सा बनाउन सक्नुहुन्छ। तर गल्तीले पनि भान्सा उत्तर, उत्तर-पूर्व र दक्षिण-पश्चिम दिशामा नबनाउनुहोस्। यसो गर्दा परिवारका सबै सदस्यको स्वास्थ्यमा बाधा पुग्छ।

बेसिन र चुलो भान्साको एकै मञ्चमा हुनुहुँदैन। चुलो र बेसिनले आगो र पानीको तत्वहरूलाई प्रतिनिधित्व गर्छ, जुन एकअर्काको पूरै विपरीत छन्। यस्तो अवस्थामा दुवै विपरीत कुरालाई एकै ठाउँमा राख्नाले परिवारमा नकारात्मक असर पर्छ। जसका कारण परिवारका सबै सदस्यबीच मनमुटाव हुन थाल्छ।

श्रीमान्–श्रीमतीबीच ‘तँ-तँ र म-म’ सुरु हुनसक्छ। भान्सामा प्रयोग हुने सबै इलेक्ट्रोनिक उपकरण दक्षिण दिशामा राख्नुपर्छ। भान्साकोठामा ग्यासको चुलो यसरी राख्नुहोस् कि खाना बनाउने मानिसको मुख पूर्व दिशा होस्। वास्तुशास्त्र अनुसार धुने बेसिन वा नालीको पाइप उत्तर वा उत्तर-पूर्व दिशामा हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट