देवघाटमा रहेको महांकालको मुर्ति (फोटोफिचर)

चितवन । नारायणगढदेखि करिव ६ किलोमिटर उत्तरमा त्रिशुली र कालिगण्डकी नदीको संगमस्थलमा रहेको देवघाटधाम हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूणए देवघाटधाम शान्ति र आधात्मिक उन्नयनको लागि अति महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँबाट नदी, पहाडका हरिया सुन्दर दृश्य र जैविक विविधता अवलोकन गर्न सकिन्छ ।

देवघाट धाम तनहुँको देवघाट गाउँपालिका, नवलपरासीको गैडाकोट नगरपालिका र चितवको भरतपुर महानगरपालिकाको संगमस्थल पनि हो । देवघाटमा माघे सक्रातिका समयमा ठूलो मेला लाग्ने गर्छ ।

देवघाटमा संस्कृत पाठशाला, पीठाधीश, विभिन्न देवदेवीका मन्दिर तथा बृद्धाश्रम समेत छन् । देवघाट आउने भक्तजनले चितवन र तनहुँ, जिल्ला जोड्ने झोलुङ्गे पुल तरेर तनहुँपट्टिको क्षेत्रमा विभिन्न गुफा तथा मन्दिरको दर्शन पनि गर्छन् ।

माघे संक्रान्तिमा ठूलो मेला लाग्ने भए पनि देवघाटमा सधैंजसो भक्तजनको घुइँचो लाग्छ । वैशाख संक्रान्ति, माघेसंक्रान्ति, ठूलो एकादशी, बालाचतुदर्शी, ग्रहण लागेको समय र साउन महिनामा पनि भत्तजनको बाक्लो भिड लाग्छ ।

देवघाटमा नुहाएमा मोक्ष पाइन्छ भन्ने विश्वास हिन्दु धर्मावलम्बीहरुमा छ । देवघाटमा दर्जनौं मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम, वृद्धवृद्धाका लागि निःशुल्क आश्रम पनि छन् । यो क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा प्रख्यात छन्, परापूर्वकालमा समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती छ ।

यहाँको चक्रेश्वर मन्दिरमा ठूलो शिला स्थापित छ । बद्रीनाथ मन्दिर,केदारनाथ मन्दिर, वागिश्वरी मन्दिर, मौलाकालिका मन्दिर, महेश सन्यास आश्रम छ । यहाँ संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तहसम्मको पढाइ हुने गर्छ ।

यहीँको हरिहर सन्यास आश्रममा संस्कृतमा माध्यमिक तहसम्मको अध्ययन हुने गरेको छ । गलेश्वर आश्रम पनि छ । यस्तै, सीताराम मन्दिर, सत्यनारायण मन्दिर, साँढेवगर, लक्ष्मीवराह भगवान, सङ्मेश्वर पशुपति मन्दिर, यज्ञशाला मन्दिर, अष्टदश पुराण मन्दिर, शङ्कराचार्य मन्दिर आदि थुप्रै मठ मन्दिरहरु पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट