ऊ ठिकठाकै जस्तो देखिन्छ तर किन चुपचाप छ ?

ऊ ठिक/ठाकै जस्तो देखिन्छ,
तर ऊ किन चुपचाप छ ?
यसै/यसै भेटिरहने साथिहरु सगं किन भेट्न छोड्छ ?
किन परिवारमा मौन/मौन जस्तो रहन्छ ?
किन ऊ देखिरहने ठाउँतिर देखिदैन आजकल,।।
किन खुईया…खुईया …लामो/लामो सुस्केरा हालिरहन्छ?
किन दर्शनका, साहित्यका, अध्यात्मकका,
जिवनका गहिरा गहिरा लाईनहरु पोस्टयाईरहन्छ ?

किन हिड्छ आफ्नै शहरमा पनि
नौलो मान्छे जस्तो एक्लै एक्लै लखर/लखर?
किन भागिरहन्छ ऊ आफैंसँग अरुसँग ……हँ ??
अफ्ठ्यारा पश्नहरुको पनि कसरी सजिलै उत्तर दिन्छ ऊसले ?
सजिला प्रश्नहरुको पनि किन उत्तरमा अकमकाउँछ ऊ ?
किन हँ..र अँ.. बाहेक संवाद गर्दैन ऊ ?

के हुन निधारमा गाँठो परेका डरलाग्दा धर्साहरु ?
किन देखिन्छ ऊ खडेरीमा
आफ्नै आङमा खलङ्ग परेर लत्रिएको बाँसको घना जस्तो ?
घरी अनिदो जस्तो घरी गहिरो निद्रा पुर्याएर आएजस्तो,
घरि/जिते जस्तो घरी हारे जस्तो
किन छिन छिनमै अर्कै/अर्कै देखिन्छ ऊ ?
किन परिभाषा खोज्छ,आजकल उसले कर्म र भाग्यको,?
किन सोध्दैन उसले अरुको खबर किन सोध्दैनन् उसलाई अरुले तेरो खबर के छ?

यस कविताको रचना उज्जल बिबसले गर्नुभएको हो । हामीलाई नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं र उत्कृष्ट रचना पठाउने एक जनालाई पुरस्कृत गरिनेछ । लेख पठाउँदा फोटोसहित नाम र छोटो विवरण खुलाउनुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights