पूजामा दुइवटा ल्वाँगको प्रयोग गर्नुहोस हरेक समस्या केही समयमा हुनेछ समाधान !

हिन्दू धर्मग्रन्थमा ल्वाङ्गको विशेष महत्त्वको बारेमा बताइएको छ। भनिन्छ पूजामा ल्वाँग प्रयोग गर्नाले घरमा रहेका नकारात्मक शक्तिलाई नष्ट गर्दछ। वास्तुमा ल्वाङ्गको विशेष महत्त्वको बारेमा बताइएको छ।

कुनै पनि उपायमा ल्वाङ्गको प्रयोगले मानिसको जीवनमा आउने समस्यालाई नष्ट गर्छ। ज्योतिष शास्त्रका अनुसार पूजाको समयमा देवताहरूलाई ल्वाङ्ग चढाइन्छ। यसबाट नकारात्मक उर्जा नष्ट हुने मान्यता रहेको छ। यी उपायहरूले व्यक्तिको भाग्य परिवर्तन गर्न सक्छ। ल्वाँग

काममा सफलता पाउन: ज्योतिष शास्त्र अनुसार कुनै पनि काम पुरा गर्न ल्वाङ्गको प्रयोग गरिन्छ। यदि कुनै महत्त्वपूर्ण कामको लागि बाहिर जाँदै हुनुहुन्छ भने मुखमा दुईवटा ल्वाँग राखेर बाहिर निस्कनुस्, विशेष फाइदा हुनेछ।

घरबाट बाहिर निस्कँदा भगवानलाई याद गर्न नभुल्नु होला। बाटोमा यी दुई ल्वाँग चपाएर गन्तव्यमा पुगिसकेपछि मुखमा राखिएको ल्वाङ्गलाई फालिदिनुहोस्। यो उपाय गर्नाले हरेक काममा अपार सफलता मिल्नेछ।

कालसर्प दोषबाट मुक्ति पाउन: यदि कुनै व्यक्तिको कुण्डलीमा कालसर्प दोष छ भने त्यसको लागि ज्योतिष शास्त्रमा धेरै उपायहरू बताइएको छ। ल्वाङ्गको यी उपाय मध्ये एक हो। कालसर्प दोष हटाउन ल्वाङ निकै प्रभावकारी हुन्छ।

यसका लागि शुक्ल पक्षको सोमबारदेखि शिवलिंगमा दैनिक २ वटा ल्वाङ्ग चढाउन सुरु गर्नुहोस्। यो उपाय लगातार ४० दिनसम्म गर्नुपर्छ। यो उपाय गर्नाले कालसर्प दोषको दुष्प्रभावबाट मुक्ति मिल्छ र शुभ फल प्राप्त हुन्छ।

आर्थिक संकटबाट छुटकारा पाउन: आर्थिक संकटबाट मुक्ति पाउन शुक्रबार लक्ष्मी मातालाई गुलाबको फूल र दुईवटा ल्वाङ्ग चढाउनुपर्छ। यसपछि रातो रङको कपडामा ५ वटा ल्वाङ्गको र ५ वटा कौडा बाँधेर धन राख्ने स्थानमा राख्नुहोस्। छिटो धन प्राप्त गर्न यो उपाय गर्न सकिन्छ। यो मानिन्छ कि यो उपाय देख्नमा सरल र प्रभावकारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट