जेठदेखि पैसै-पैसासँग खेल्नेछन् यी ३ राशि : बुधदेवले खोल्नेछ बन्द किस्मतको ताला, हट्नेछन् सम्पूर्ण दुख-दर्द

ज्योतिष शास्त्रमा राशि र ग्रहहरुको ठूलो महत्व छ। जब कुनै ग्रहले आफ्नो राशि परिवर्तन गर्छन्, त्यसको असर सबै १२ वटै राशिहरुमा पर्छ। यो प्रभाव राम्रो वा नराम्रो दुवै हुन् सक्छ। ग्रहहरूको राजकुमार बुधले पनि हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। बुधलाई बुद्धि र व्यापारको दाता भनिन्छ। यो जेठ २४ गते(७ जून) बुधबार मेष राशिमा गोचर गर्नेछ। यसको शुभ प्रभाव तीनवटै राशिमा देखिनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –: बुध ग्रह मेष राशिमा नै गोचर गर्दैछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरुलाई ठूलो लाभ मिल्नेछ। यिनको जीवनका सम्पूर्ण दुख-दर्दहरु समाप्त हुनेछन्। जीवनमा खुशीको बहार आउनेछ। भगवानले तपाईलाई साथ दिनेछ। तपाईका मनोकामना पूरा हुनेछन्। तपाई ठूलो धन-राशि हासिल गर्न सक्षम बन्नुहुनेछ। आर्थिक सङ्कट हट्नेछ।

नयाँ व्यापार-व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने जेठ २४ गते पछिका समय उत्तम हुनेछ। जागिर गर्नेहरुले प्रगतिका अवसरहरु प्राप्त गर्नेछन्। तपाईको घरमा नयाँ पाहुनाको आगमन हुनेछ। नयाँ अतिथिले आर्थिक लाभ प्रदान गर्नेछन्। सन्तानबाट पनि ठुलो फाइदा उठाउन सकिनेछ। परिवारमा माया प्रेम बढ्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धनु राशिका व्यक्तिहरुका लागि बुधको गोचर निकै लाभदायी साबित हुनेछ। नोकरी र व्यापारमा ठूलो लाभ मिल्नेछ। घरमा सुख, शान्ति र समृद्धि आउनेछ। तपाईको आत्मविश्वास बढ्नेछ। तपाईको ज्ञानले तपाईलाई प्रगतिको बाटो देखाउनेछ। विद्यार्थीहरूले आफ्नो मेहनतको उचित परिणाम प्राप्त गर्नेछन्। भाग्यले साथ दिनेछ ।

प्रेम सम्बन्धमा सफलता मिल्नेछ। विवाहको योग बन्न सक्छ। बोस तपाईको कामबाट प्रशन्न हुनेछन्। तपाईले बढुवाको अवसर पाउनुहुनेछ। कामको सिलसिलामा विदेश यात्राको अवसर पाउनुहुनेछ। मानिसहरुसँगको भेटघाट बढ्नेछ। समाजमा तपाईको प्रभाव बढ्नेछ। शत्रुहरूले तपाईको अगाडि हार स्वीकार गर्नेछन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – बुधको राशि परिवर्तनले मकर राशिको जीवनमा खुशीको वर्षा हुनेछ। उनीहरुले माता पिताबाट धन प्राप्त गर्नेछन्। घरजग्गासँग सम्बन्धित मामिलाहरूमा निर्णय तपाईको पक्षमा हुनेछन्। धनको सम्बन्धमा ठूलो लाभ हुनेछ। भाग्यले साथ दिनेछ। भाग्यको दममा सबै रोकिएका कामहरु समयमै सम्पादन – सम्पन्न हुनेछन्। भगवानको आशिर्वाद मिल्नेछ।

नयाँ घर वा सवारी साधन खरिद गर्ने सम्भावना छ। घरमा पुरानो साथीको आगमन हुन सक्छ। उनीहरुको आगमनबाट धन लाभ हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ ।

घरमा माङ्गलिक कार्य गर्न सकिन्छ। जीवनसाथीसँग प्रेम बढ्नेछ। सम्बन्धको तिक्तता हट्नेछ। अदालती मुद्दाहरू टुंगो लाग्नेछ। तपाई पहिले भन्दा धेरै खुसी हुनुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट