ऐतिहासिक महत्व बोकेको गैंडाकोटको मौलाकालिका मन्दिर

गैंडाकोट : मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।

वनै वनको बीचमा उकालो बाटो। बाटोको छेउछाउमा ढुंगा कुँदेर बनाइएका आकर्षक मूर्ति। चरा चुरुङ्गीको चिरविर आवाजमा रमाउँदै डाँडा चढ्नेहरू थकानको महसुस गर्दैनन्।

डाँडाको माथि पुग्नै लाग्दा घण्टको ध्वनिले मनै आनन्दित बनाउँछ। डाँडाको टुप्पोमा समथर भाग, अनि फराकिलो आँगन भएको आकर्षक मन्दिर मौलाकालिका।

उत्तरपट्टी हिम शृंखला रत्रिशूली र कालीको संगम देवघाटधाम देखिन्छ। दक्षिणतर्फ सललल बग्दै गरेको नारायणी नदीको नागवेली चाल। त्यसको पारिपट्टीको नारायणघाट बजारसहित चितवनको समथर भूभागको मनोरम दृष्य।

यसले डाँडा उक्लिँदा लागेको थकान क्षणभरमै बिर्साउँछ। गैंडाकोटको मौलाकालिका मन्दिरमा पुग्ने जो कोहीले स्वर्गको अनुभूति गर्छन्। अध्यात्म र आस्थाको केन्द्र हो, मौलाकालिका मन्दिर।

मौलाकालिकालाई शक्ति स्वरुपाको रुपमा पुज्ने गरिन्छ। प्राकृतिक सौन्दर्यले भरिएको मौलाकालिका धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आकर्षणको केन्द्र बनेको छ।

बाटोको बीचबीचमा पाटी पौवा छन्। भन्ज्याङ चौतारीहरूमा वि श्राम गरी चिसो पानी पिउँदै, सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै करिव एक घण्टामा मौलाकालिका मन्दिरमा पुग्न सकिन्छ।

मन्दिरसम्म पुग्न एक हजार आठ सय ८२ वटा सिंढी पार गर्नुपर्छ। वार्षिक ३३ लाख दानपेटिकामा संकलन हुन्छ। त्यस्तै वार्षिक १२ लाख परेवा बिक्रीबाट आम्दानी हुने दानपेटीका ब्यवस्थापक मोती भण्डारीले जानकारी दिए।

मन्दिरमा २०३८ सालदेखि संस्थागत पूजा–अर्चना थालिएको हो। २०५३ सालमा प्यागोडा शैलीमा मन्दिर निर्माण भएपछि भक्तजन र पर्यटकको संख्या बढ्न थालेको हो। भगवतीको दर्शन र चरणमा गरेको भाकल पूरा हुने विश्वास छ। मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास गरिन्छ।

यहाँ अतिथि सत्कार गृह, योग ध्यान कक्ष, हेलिप्याड, गणेश तथा कृष्ण मन्दिर, व्यवस्थित भोजनालय, गौशाला, धार्मिक पर्यटक वि श्राम गृह छन्। मन्दिर परिसरमा रहेको गुरुकुलमा १८ जना विद्यार्थी अध्ययनरत छन्। ४५० वर्ष पहिले सेन राज्यको पतनसँगै यो मन्दिर ओझेलमा परेको भनाइ छ।

सेनवंशी राज्यकालपछि शक्ति स्वरुपा मौलाकालिका भगवतीका बोटे, दराई, चेपाङ, मगर, कुमाल, गुरुङजस्ता आदिवासीले पालैपालो गरेर पूजापाठ गर्थे। त्यहाँ धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिला पत्थर थिए।

पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी (ब्यारेक) मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको किंवदन्ती पाइन्छ।

ऐतिहासिक रूपमा, यो भनिएको छ कि १६ औँ शताब्दीमा पाल्पा राजाले देवी कलिकाको नाममा “प्रतीक” को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पछि पर्वत (मौला पहाड) को नाम राखियको थियो । यो मानिन्छ, हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ शुरुवात को प्रतीक मानिन्छ ।

मन्दिरलाई स्थानीय स्थानबाट धेरै पटक पुनःस्थापित गरिएको छ । थप आगन्तुकहरू समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको छ । मन्दिर व्यवस्थापन समितिले हालै जनावरहरूको बलिदान रोक लगाएको छ ।

मौलाकालिका मन्दिर लोकप्रिय हुनु भन्दा अगाडि गैंडाकोटका स्थानीय मानिसहरूले मौलाकालिका मन्दिरको धेरै दशक देखिनै पुजा गर्दै आएका थिए । हाल अवस्थित मन्दिर १९९० को दशकमा मात्र बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights