औषधीले सम्झाई दिएको जिन्दगी

मलाई जिन्दगीले रोज्यो या मैले “थाहा छैन” तर जिवन जिउन-जिन्दगीले धेरै पाठहरू पढाए । जिन्दगीका यात्राहरू अघि बढ्दै गए ! मेरो जिवन जिउने कथा वि.स. २०५७ सालमा लगभग म ५ बर्षको हुदा मेरो बाजेले धरान झारे पछि शुरु भयो !

हुन त “मेरो बाबा, मैले संसार बुझ्ने होस नसम्हाल्दै यो संसारबाट विदा भएर अनि आमाले सानैमा छोडेर पोईला जानु भएको रे !” भनेर बाजेले सुनाउनु हुदा नै जिवन जिउने कथा शुरु भएको थियो !

मेरो नाम जिवन जिमी राई । मेरो पुर्ख्यौली घर चपुता, ताम्कु गा. वि. स. ३, खादबारी, सङ्खुवासभा । धरानमा, हामी पुरानो बजारमा बस्थ्यौ। मेरो बाजे रिक्सा चलाउने काम गर्नु हुन्थ्यो । म लगभग ९ बर्ष जति बाजे सँगै कहिले पुरानो बजार, कहिले बाझगरा त कहिले बिच घोपा डेरा सर्दै बसे ! पुरानो बजारमा हुदा “साने”, बाझगरामा हुदा “पाण्डे” अनि बिच घोपामा हुदा “मसिने” साथीहरू थियो !

ठाउ सँगै साथीहरू पनि फेरिदै गए ! मैले कहिले विद्यालयको अनुहार देखिन तर समयले फरक किसिमबाट पाठहरू पढाइ रहेको थियो ! म १४ बर्षको भए पछि “साने” सँगै, बाजेलाई छोडेर भारतको मद्रास तिर हानिए । मद्रासको प्राथ: सारम-पुरम भन्ने ठाउँमा “अभन्या कपडा पसल” मा काम गर्न थाले ।

म जता जता गए मेरो बाजेले “कहिले पनि नचोर्नु” भन्नु भएको दिव्यपोदेश नै शिरोपर गरे । समय बित्दै गयो, मैले काम गर्ने पसलको साहुको ३ जनाको परिवार थियो । साहु, साहुनी र उनीहरूको छोरी, साहुले माया गर्नु हुन्थ्यो अनि उनीहरूको छोरीले पनि । हाम्रो उमेर लगभग एउटै थियो ।
मेरो र साहुको छोरीको, न त हैसियत नै, न त रूप रंग नै मिल्थ्यो ?

साहुको छोरी “ईशिता” २ बर्ष अघि, म साहुकोमा काम गर्न आउदा बच्चा नै लाग्थ्यो ! २ बर्षको अन्तरालमा नै, ईशितामा जवानी भरी सकेको थियो ! म प्रायः जसो पसलमा नै हुन्थे तर पनि कोहि बेला साहुले सामान पुर्याउन घर पठाउनु हुन्थ्यो त्यतिबेला साहुनी नहुदा, ईशिता मात्र छिन भने उनको हर्कत अलि फरक किसिमबाट झल्किन्थ्यो, मानौ, मलाई यौनसम्पर्कको लागि खुला चुनौती दिए जस्तो ।

ईशिता देखे पछि मेरो मनमा बेग्लै किसिमको भावनाहरू छचल्किन्थ्यो, कुनै राम्रा त कुनै नराम्रा, कहिलेकसो यौन सम्बन्धी पनि । कहिलेकाहि मेरो मनले मनोगढान्त कुराहरू धेरै नै खेलाउन थाल्थ्यो। एकदिन साहुले घरमा, दोकानको केहि कागजात लिन पठाउनु भयो ! घरमा साहुनी हुनुहुन्न थियो !

ईशिताको त्यहि पुरानो पारा । ईशिता सिधै झम्टेर मलाई छोप्न आई, अंगालो हाली । मबाट केहि हुने पो हो कि भनेर सोच्न थाले, एक मनले अब यहा धेरै बस्न हुदैन जस्तो महसुस गरेर, साहुलाई घर जाने बहाना बनाएर छुट्टी मागे ।साहुले छुट्टी त दिनु भो तर छुट्टीको साथ साथै, “यहा काम नगर्ने भए, पटनाको फूलबारी जल सह भन्ने ठाउँमा पनि यस्तै पसल छ ! त्यहा काम गर्ने हो ?” भनेर सोध्नु भयो ।

म सिधै, साहुले दिएको ठेगाना तर्फ लागे ।”आँचल कपडा पसल” रहेछ। कहिलेकाही साहुनी मात्र हुदा, साहुनीले पनि ईशिताले जस्तै यौनउन्मुक्ताका भावहरू देखाउने गर्थ्यी। पटनाको फूलबारी जल सहमा मैले मेरो सानोको साथी सानेलाई भेटे । सानेले, “मलाई चिनिस् ?” भनेर सोध्यो ।

पछि सानेले आफैले, “म साने हौ !” भनेर चिनायो । सानेले, “नेपाल जाने हो ?” भनेर सोध्यो । म पनि कसैलाई केहि नसोधी सानेसँग नेपाल आए । सानेले उदयपुरमा घर बनाएको रहेछ। हामी फूलबारी, पटनाबाट सिधै उदयपुर गयौ । उदयपुर आएको भोलिपल्ट मलाई सानेले धरान स्थित वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर गयो ।

मैले सानेलाई सोधे, “हामी किन यहाँ आएको ?” भनेर सानेले, “तेरो फलो-अप छ ।” भन्यो “म त ठिकै छु, मलाई केहि भएको छैन।” जस्तो लागिरहेको थियो । सानेले अस्पतालको साइक्याट्रि डिपार्टमेन्ट तिर लग्यो । केहिबेर पछि हाम्रो पालो आयो, हामी डाक्टरलाई भेट्न वहाँको च्याम्बरमा पस्यौ ।

डाक्टरले मलाई देख्न साथ, “के छ जिवन भाई ?” भनेर सोध्नु भयो । म अझै छक्क परिरहेको थिए। आफैले आफैलाइ मनमनै सोधिरहेको थिए, “मलाई सानेले किन यहा ल्याएर आएको ? मलाई के भएको थियो ? डाक्टले मेरो नाम नै काटेर कसरी बोलायो होला” भनेर “अब जिवन भाई ९०% ठिक हुनु भईसक्नु भएको छ । तपाईँलाई के रोग लागेको थियो भनेर भनौला ।”

डाक्टर साब बोल्दै हुनुहुन्थ्यो, “तपाईँलाई डिसोसिएटिभ फ्यूग भन्ने रोग लागेको थियो । जसमा मान्छेले अक्सर आफूले गरेको, बोलेको अनि भोगेको कत्ति कुराहरू भुल्ने गर्दछ । अब तपाईँलाई तपाईँको भाईले नै धेरै हेरविचार गरेकोले वहाँले नै यसको बारेमा विस्तृतरुपले बताई दिनु हुन्छ। ल अब जानु सक्नुहुन्छ।” भने पछि म र साने डाक्टरको क्याबिनबाट निस्कियौ।

म रनभुल्लमा परे, के भई रहेको छ “?” किन, कसरी भईरहेको छ “?” केहि बुझ्नै सकिरहेको थिइँन। सानेले भने पछि मलाई थाहा भयो, साने मेरो आफ्नै भाइ रहेछ। पाण्डे, मसिने अरू कोहि नभएर मेरो भाई सानेलाई नै मेरो मनमा सानोमा खेल्ने साथी बनाएर पालेको रहेछु । हामी अस्पतालको काम सकेर फेरी उदयपुर नै फर्कियौ ।

बाजेले धरान झारे पछि, बिस्तारै मलाई डिसोसिएटिभ फ्यूग भन्ने रोगले सताउन थालेको रहेछ। हामी घर पुग्दा लगभग साँझ छपकै परिसकेको थियो ।
मैले सानेलाई सोधे, “ईशिता र ऑचल कपडा पसलको साहुनी को हो ‘?’ भनेर सोधे” “ईशिता भाउजू, तेरो श्रीमती हो ।” भनेर अरु थुप्रै कुरा सविस्तारमा सुनाए पछि थाहा भयो ।

ईशिता मेरी श्रीमती रहेछिन, म घर ज्वाइँ बसेको रहेछु साहु साहुनी मेरो सासु ससुरा रहेछ। आँचल कपडा पसल पनि हाम्रै कपडा पसलको ब्रान्च रहेछ त्यस कपडा पसलमा काम गर्ने एउटी अधबैंसे तरुनीलाई साहुनी र खजाञ्चीलाई साहु सम्झिन्थे रहेछु ।

सानेले धेरै कुरा सुनाएपछि डाक्टर साबले दिनु भएको औषधी हातमा लिए । औषधिको नाम पढे, फ्लुअक्सिटिन भन्ने औषधी रहेछ, एउटा चक्की खाए, रात धेरै छिप्पी सकेको थियो, “भुल्ने रोग” सँगै जिवन जिई रहेको रहेछु भनेर गहन सोचाईमा डुबे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights