बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले भारतमा ५०० करोडभन्दा बढी र विश्वभर १ हजार करोडभन्दा बढी कमाएको छ । ‘पठान’ को सफलतापछि सबै जना शाहरुख खानको अर्को ठूलो फिल्म ‘जवान’को रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।
शाहरुख र एट्ली पहिलो पटक सँगै काम गर्दैछन् । ‘जवान’मा नयनतारा र विजय सेतुपति पनि छन् । हालै फिल्मको बारेमा एउटा ठूलो अपडेट आएको छ । अब यो फिल्ममा सञ्जय दत्तको क्यामियो हुने अनुमान गरिएको छ । यो खबर बाहिर आउने बित्तिकै सजय दत्त र शाहरुख खानका फ्यानहरु निकै उत्साहित भएका छन् ।
अल्लु अर्जुनलाई पनि गरिएको थियो अफर: एक रिपोर्टका अनुसार एक सूत्रले समाचारको पुष्टि गर्दै भनेका छन्, ‘एटलीका लागि यो सानो तर महत्त्वपूर्ण भूमिकालाई कास्ट गर्न निकै गाह्रो थियो किनकि यसमा ठूलो सुपरस्टारको आवश्यकता थियो ।’
यसअघि अल्लु अर्जुनलाई यो भूमिकाका लागि अप्रोच गरिएको थियो तर मिति नहुँदा र ‘पुष्पा २’को सुटिङका कारण उनले अस्वीकार गरेका थिए । अल्लुले अस्वीकार गरे लगत्तै, निर्माताहरूले सञ्जु बाबालाई सम्पर्क गरे र उनी अब शाहरुखको लागि भूमिका खेल्न राजी भएका छन् ।
सञ्जय दत्त शाहरुखका धेरै फिल्ममा देखिएका छन्:किंग खानको फिल्ममा सञ्जय दत्तले विशेष भूमिका निर्वाह गरेको यो पहिलो पटक भने होइन । यसअघि उनीहरुले ‘रा वन’ र ‘ओम शान्ति ओम’मा सँगै काम गरेका थिए । स्रोतका अनुसार अभिनेताले यो भूमिका निभाउन मात्र राजी भएनन्, छिट्टै मुम्बईमा सुटिङ पनि सुरु गर्नेछन् । हाल सञ्जय दत्त थालापथी विजयको फिल्म ‘लियो’को सुटिङका लागि कश्मीर प्रस्थान गरेका छन् ।
सञ्जय दत्तको भूमिकामा छिट्टै सुटिङ हुँदै: सञ्जय दत्तले छिट्टै मुम्बईको स्टुडियोमा ‘जवान’को सिक्वेन्स सुटिङ गर्दैछन् । यसका साथै शाहरुख-सञ्जयको यो सिक्वेन्सको सुटिङका लागि भव्य सेट पनि बनाइने बताइएको छ ।
स्रोतका अनुसार शाहरुख खानको फिल्ममा सञ्जय दत्त अतिथि भूमिकामा रहनेछन् । योसँगै फिल्मको कास्टिङमा साउथ र बलिउड स्टारको उत्कृष्ट संयोजन देखिनेछ ।
फिल्म जुन २, २०२३ मा हलमा रिलिज हुने तय भएको छ । ‘जवान’मा शाहरुखको लुकलाई मानिसहरुले निकै रुचाएका छन् । ‘जवान’सँगै शाहरुख खानको आगामी फिल्म ‘डांकी’को पनि चर्चामा छ । यस बाहेक सञ्जय दत्तसँगै दीपिका पादुकोण पनि क्यामियो गर्न सक्ने हल्ला चलिरहेको छ ।
Discussion about this post