४ राशिका जीवनमा आउनेछ कठिनाई, राहु-केतुले राशि बदलेर दिनेछ दुख-दर्द

ज्योतिष शास्त्रमा राहु र केतुलाई छायाँ ग्रह मानिन्छ। यी दुई पापी ग्रहका राशि परिवर्तनले सम्पूर्ण राशिहरुमा प्रभाव पार्ने देखिन्छ। राहु र केतु विपरित दिशामा चल्छन्। ज्योतिष शास्त्र अनुसार राहु र केतुले एक चक्र पूरा गर्न डेढ वर्ष समय लगाउँछ।

वि.सं. २०८० साल कार्तिक १३ गते सोमबार यी दुवै ग्रह मीन राशिमा गोचर गर्नेछन्। १२ राशिहरुमध्ये ४ राशि यस्ता छन्, जसका लागि आगामी समय कठिनाईले भरिपूर्ण रहनेछ। अब जान्नुहोस् ती राशिहरु कुन-कुन हुन् त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – राहु-केतुको यो गोचरले मेष राशिका जातकलाई धेरै अप्ठ्याराहरू ल्याउनेछ। मानसिक तनाव बढ्न सक्छ। धेरै प्रकारका समस्याले तपाईलाई घेर्न सक्छ। श्रीमतीसँग विवाद पनि बढ्न सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – राहु-केतुको यो गोचरले वृष राशिका जातकलाई धेरै दुख दिनेछ। हरेक कदममा तपाई अगाडी समस्याको पहाड खडा हुनेछ। खर्च अनियन्त्रित हुनेछ र घरमा पनि अशान्तिको बास हुनेछ, जसकारण कठिनाईहरु अझ थपिनेछन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – राहु-केतुको गोचरले कन्या राशिका मानिसहरूका लागि कष्टपूर्ण समय ल्याउनेछ। तपाईको सङ्घर्ष अझ बढ्नेछ र तपाईलाई हरेक क्षेत्रमा कठिनाइहरूले घेर्नेछ। नोकरी र व्यवसायमा पनि समस्याहरूले तपाईलाई पछाडी पार्नेछ। सम्बन्धमा तिक्तता आउन सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – यो अवधि मीन राशिका मानिसहरूलाई पनि समस्याले घेर्नेछ। ऋण तिर्न तपाईलाई भारी साबित हुन सक्छ। सन्तानको चिन्तामा डुब्नुहुनेछ। व्यर्थका काममा बढी खर्च हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट