शनिले गर्दैछ नक्षत्र परिवर्तन, राता-रात चम्किनेछ यी ३ राशिका भाग्य

ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले केही समयको अन्तरालमा राशि परिवर्तन गर्छन् र नक्षत्रहरू पनि परिवर्तन गरिरहन्छन्। नक्षत्र परिवर्तनले हाम्रो जीवनमा पनि असर गर्छ। कर्मफल र न्यायका दाता शनि देवले नक्षत्र परिवर्तन गर्दैछ।

शनि चैत्र १ गते बुधबार शतभिषा नक्षत्रमा प्रवेश गर्नेछ। यस नक्षत्रमा राहुदेवको आधिपत्य हुन्छ र ज्योतिष शास्त्र अनुसार शनि देव र राहु ग्रहमा मित्रताको भाव हुन्छ। त्यसैले शनिदेवको नक्षत्र परिवर्तनको असर सबै राशिहरुमा पर्नेछ।

तर ३ राशिका जातकले मात्र शनिको यो नक्षत्र परिवर्तनको विशेष लाभ प्राप्त गर्नेछ। यस समयावधिमा यी तीन राशिका मानिसहरुलाई धनलाभ हुनेछ र साथै प्रगतिको प्रबल सम्भावना छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – यस राशिका मानिसहरुका लागि शनिदेवको नक्षत्र परिवर्तन शुभ र फलदायी साबित हुन सक्छ। यस समयमा व्यापारमा धनलाभ हुन् सक्छ। साथै विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको मनोकामना पूरा हुनसक्छ।

यस समयमा तपाईलाई भाग्यको पूर्ण साथ-सहयोग मिल्नेछ। त्यसैले यस समयमा तपाईका सम्पूर्ण कार्य बन्नेछ। यस अवधिमा धार्मिक कार्यमा आस्था पनि बढ्नेछ। विदेशी कम्पनीसँग सम्झौता गर्ने सोचमा हुनुहुन्छ भने पूरा हुनसक्छ। पितासँगको सम्बन्धमा मधुरता आउनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – शनिदेवको नक्षत्र परिवर्तन यस राशिका व्यक्तिका लागि अनुकूल साबित हुन सक्छ। । यस समयमा साझेदारी कार्यमा राम्रो सफलता मिल्नेछ।

वैवाहिक सम्बन्धमा सुधार आउनेछ र तपाईंको प्रेम जीवन पनि पहिलेको भन्दा राम्रो हुनेछ। साथै, काम र व्यापारमा राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ। व्यापारमा अचानक यस्तो भुक्तानी प्राप्त हुन सक्छ जुन लामो समयदेखि रोकिएको थियो। अविवाहितहरूले यो समयमा जीवनसाथी पाउन सक्छन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – शनिको नक्षत्र परिवर्तन यस राशिका लागि लाभदायक हुनेछ। त्यसैले यस समयमा अचानक धनलाभ हुन् सक्छ।

पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। बेरोजगार भएकाले जागिरको प्रस्ताव पाउन सक्छन् । प्रगतिका मार्गहरु प्रशस्त खुल्नेछन्। अड्डा-अदालतको मामिलामा सफलता प्राप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights