तीन चरणको हुन्छ शनिको साढेसाती, यस्ता छन् साढेसातीको लक्षण र उपायहरु

शनिलाई न्यायका देवता मानिन्छ । यो भनिन्छ कि शनिदेवले आफ्नो कर्म अनुसार सबैलाई फल दिन्छन्। शनि ग्रहको साढेसाती दशा सात वर्षसम्म चल्ने दशा हो।

शनिदेवलाई एक राशिबाट अर्को राशिमा सर्नको लागि लगभग साढे दुई वर्ष लाग्छ। ज्योतिषीहरुका अनुसार शनि ग्रह अन्य ग्रहहरु भन्दा ढिलो चल्छ। जसको कारणले शनि ग्रहले व्यक्तिमा क्रमिक रूपमा प्रभाव पार्दछ।

शनिको साढेसातीका तीन चरणहरू- ज्योतिष शास्त्रका अनुसार शनि ग्रहको साढेसातीका तीन चरणहरू रहेका छन्। शनिको साढेसाती पहिलो चरण दुई वर्ष र छ महिनाको हुन्छ। पहिलो चरणमा शनिले व्यक्तिलाई मानसिक रूपमा समस्या गर्दछ। यस समयमा व्यक्तिलाई मानसिक तनाव वा अचानक टाउको दुख्ने समस्या हुन सक्छ।

शनिले साढेसातीको दोस्रो चरणमा व्यक्तिलाई आर्थिक समस्या उत्पन्न गर्छ। यस समयमा उसले काममा निराशाको सामना गर्नुपर्दछ। प्रियजनहरूबाट धोका र धनको हानी हुन्छ। शनिले साढेसातीको तेस्रो वा अन्तिम चरणमा घाटाको पूर्ति दिन्छ। यस समयमा व्यक्तिको अवस्थामा बिस्तारै सुधार हुँदै जान्छ।

शनिदेवलाई खुशी पार्ने तरिकाहरू – जब कुनै व्यक्तिलाई शनिको साढेसाती चलिरहेको छ, त्यस समयमा त्यस व्यक्तिले शनिदेवको साथै भगवान हनुमानको पूजा गर्नुपर्दछ। यस समयमा शिवलिंगको पूजा गर्दा शनि दोषबाट पनि छुटकारा पाउन सकिन्छ।

शनिबार र अमावस्यामा तेल दान गर्नाले शनिदेवको कुप्रभावबाट छुटकारा पाउन सकिन्छ भन्ने विश्वास गरिन्छ र यसो गर्दा तपाईंको सबै दोषहरू नाश हुन्छ। शनिदेवलाई खुशी पार्न प्रत्येक दिन शनि स्तोत्र पढ्नु पर्छ।

भनिन्छ कि शनिबार फलामको भाँडो, कालो कपडा, सर्स्युंको तेल, कालो दाल, कालो चना र कालो तिल दान दिए पनि शनिदेव प्रसन्न हुन्छन् र उनको कृपा सँधै तपाईंमा रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट