ग्रह चक्रमा विशेष अवस्थामा छ मंगल ग्रह, यी ३ राशिका मानिस हुनेछन् मालामाल !

ज्योतिष शास्त्रका अनुसार ग्रहहरु पनि युवा र वृद्धि अवस्थामा ग्रहहरुको गोचर हुन्छ। यस्तो अवस्थामा ग्रहको युवावस्थाको गोचर सबैभन्दा छिटो फल दिन्छन्। मंगल ग्रह हाल वृष राशिमा प्रवेश गरेको छ र अहिले मंगल ग्रहको युवा अवस्थामा रहेको छ।

मेष राशि: युवा राज योगमा मंगलको प्रवेश मेष राशिका लागि शुभ साबित हुन सक्छ। किनकि यस समयमा मंगल मेष राशिको धनको भावमा बसेर धनको घरमा हेरिरहेको छ। यसका साथ-साथै भाग्यको स्थानमा पनि दृष्टि रहेको छ।

त्यसैले यस समयमा मेष राशिका व्यक्ति भाग्यशाली हुन सक्नुहुन्छ। यसका साथै आकस्मिक धन लाभ हुन सक्छ। यस अवधिमा सुखद यात्रा हुनेछ। साथै विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको मनोकामना पूरा हुनसक्छ।

कर्कट राशि: यस समयमा मंगल ग्रहको प्रभावको कारण कर्कट राशिका व्यक्तिलाई शुभ र फलदायी साबित हुन सक्छ। मंगल ग्रह यस समयमा कर्कट राशिको कुण्डलीमा केन्द्रीय त्रिकोण राजयोग बनाएर लाभदायक स्थानमा बसेको छ।

त्यसैले यस समयमा करियर चम्कन सक्छ। साथै पुरानो लगानीबाट पनि यो समयमा लाभ मिल्नेछ। काममा उपलब्धिको योग रहेको छ। सन्तान पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। यसका साथै अदालती मामिलाहरूमा सफलता मिल्नेछ।

वृश्चिक राशि: मंगलको गोचर वृश्चिक राशिको लागि आर्थिक रूपमा शुभ साबित हुन सक्छ। किनभने मंगल वृश्चिक राशिको कुण्डलीको सातौँ भावमा रहेकोले करियर भावलाई हेरिरहेको छ।

यस समयमा मान-सम्मान बढ्नेछ। यसका साथ-साथै काम गर्ने व्यक्तिले कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सक्छन्। नयाँ कामको थालनीका लागि पनि समय अनुकूल रहेको छ। यस समयमा कुनै पनि व्यवसाय वा करियर सम्बन्धित सम्झौता गर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट