शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन ।शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।
ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ ।शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती
दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ । ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ ।शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ ।
यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् । विभिन्न ज्योतिषीहरुले विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत गरिएको छ ।
भरसक सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने । पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने । खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
शनिबार कालो तिल दान गर्नुहोस्। शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् ।छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग नगर्ने ।शनिबार हनुमान चालीसाको पाठ गर्नोस् ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
Discussion about this post