राहु संक्रमण: आजबाट ५ राशिको भाग्य बदलिने, रंगसँगै धनको वर्षा !

छायाँ ग्रह राहुले आफ्नो राशि परिवर्तन गरी मेष राशिमा प्रवेश गरेको छ । १८ महिनापछि राहु संक्रमण भएको छ । शनि पछि, राहु सबैभन्दा सुस्त गतिको ग्रह हो।

राहु र केतु यस्ता ग्रह हुन् जो सधैं उल्टो घुम्छन्। राहुले वृष राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछ । यसपटक होलिका दहनको दिन राहुले राशि परिवर्तन गर्दैछ । जान्नुहोस् कुन राशिका लागि राहुको गोचर निकै शुभ साबित हुँदैछ ।

मिथुन: राहुको गोचरले मिथुन राशिका मानिसहरुको आम्दानीमा वृद्धि हुनेछ । यसले उनीहरुको आर्थिक अवस्था मजबुत हुनेछ । धन लाभ हुनेछ । पदोन्नति पाउन सकिनेछ । शेयर बजारमा लगानी गर्नेले राम्रो नाफा कमाउनेछन् ।

कर्कट : राहुको राशि परिवर्तनले कर्कट राशिका व्यक्तिहरूलाई धेरै भाग्य प्रदान गर्नेछ। जे गरे पनि सफलता मिल्नेछ । करियर–व्यवसायका लागि समय राम्रो रहनेछ । धन लाभ हुनेछ । विदेश यात्राको सम्भावना छ ।

वृश्चिक: राहुको मेष राशिमा प्रवेश हुनाले वृश्चिक राशिका मानिसलाई धेरै फाइदा हुनेछ । बढुवा-बृद्धि पाउन सक्नेछन् । नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ । बेरोजगारले रोजगारी पाउनेछन् । प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले राम्रो नतिजा पाउनेछन्। तपाईंले धेरै पैसा कमाउनुहुनेछ र राम्रो बचत गर्न सक्षम हुनुहुनेछ। नयाँ व्यापार सुरु गर्न सकिनेछ ।

कुम्भ: कुम्भ राशिका लागि राहुको गोचर निकै शुभ रहनेछ । जागिर परिवर्तनको सम्भावना रहेको छ । पदोन्नति वा ठूलो उपलब्धि मिल्नेछ। आकस्मिक आर्थिक लाभ हुनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ ।

मीन: राहुको गोचरले मीन राशिका व्यक्तिहरूलाई लाभ मिल्नेछ। उनीहरुको आम्दानी पनि बढ्न सक्छ र अचानक कतैबाट पैसा प्राप्त हुन सक्छ । ठूलाठूला काम पनि बोलीको भरमा नै गर्न सकिन्छ । तपाईको कामको प्रशंसा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट