मङ्गल देवले राशि परिवर्तन गर्दै, यी ३ राशिलाई धनलाभसँगै भाग्योदयको प्रबल योग

2.9k
VIEWS

वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रहहरूले निश्चित समयको अन्तरालमा राशि परिवर्तन गर्दछ। जब कुनै ग्रहले राशि तथा नक्षत्र परिवर्तन गर्दछ त्यसको प्रत्यक्ष प्रभाव मानिसको जीवन र जीवनशैलीमा पर्ने गर्दछ।

बहादुरी र हिम्मत दिने मंगल ग्रहले मिथुन राशिमा प्रवेश गर्ने भएको छ। त्यसैले यो राशि परिवर्तन सबै १२ राशिलाई शुभ-अशुभ असर गर्नेछ, तर यहाँ यस्ता ३ राशि छन् जसलाई मंगल ग्रहको राशि परिवर्तनबाट शुभ फल प्राप्त हुने भएको छ। जान्नुहोस् कुन-कुन राशि?

वृष राशि: मंगल ग्रहको गोचर वृष राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। किनकि मंगल यस राशिको दोस्रो घरमा गोचर हुनेछ। त्यसैले यस समयमा आर्थिक मामिलामा पनि राम्रो अवसर प्राप्त गर्न सक्नुहुन्छ।

व्यापार व्यवसायमा प्रगति हुनेछ। विगतमा गरेको लगानीको फाइदा पनि पाउनुहुनेछ। साथै यस समयमा बोलीमा प्रभाव रहनेछ। जसका कारण मानिसहरू तपाईबाट प्रभावित हुन सक्छन् । साथै यस अवधिमा व्यवसायीले ऋण लिएको रकम फिर्ता पाउन सक्नेछन्। साथै यस समयमा आटेको काम पूरा हुन सक्छ।

कन्या राशि: कन्या राशिका लागि मंगल ग्रहको गोचर अनुकूल साबित हुन सक्छ। मंगल ग्रह यस राशिको कर्म गृहमा सर्नेछ। त्यसैले यो समयमा बेरोजगारहरूले नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्छन्।

साथै प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले कुनै पनि परीक्षामा सफलता पाउन सक्छन्। यसका साथै पितृ पक्ष तथा पिता तथा पितृ समान व्यक्तिबाट सहयोग र लाभ मिल्नेछ।

धार्मिक कार्यमा मन लाग्न सक्छ। अर्कोतर्फ व्यवसायीहरूले यो समयमा राम्रो नाफा कमाउन सक्छन्। यससँगै रोजगारीमा रहेका व्यक्तिको बढुवा र वृद्धिको कुरा पनि हुन सक्छ। कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सकिनेछ।

तुला राशि: मंगलको राशि परिवर्तन तुला राशिको लागि शुभ साबित हुन सक्छ। यो समयमा भाग्यले साथ दिन सक्छ। साथै यस समयमा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको मनोकामना पूरा हुन सक्छ।

यसका साथै यस अवधिमा रोकिएका कामहरू पूरा हुनेछन्। कार्यस्थलको कुरा गर्दा उच्च अधिकारीसँग समन्वय राम्रो रहनेछ। यसका साथै अदालती मामिलाहरूमा सफलता मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights