चैत्र १ गतेसम्म होशियार रहनुस् यी ३ राशि, सूर्य-शनिको अशुभ संयोगले ल्याउनेछ सङ्कटको आँधी-बेहरी

ज्योतिषशास्त्रका अनुसार ग्रहहरू एक राशिबाट अर्को राशिमा निश्चित अन्तरालमा प्रवेश गर्दछ। जसको प्रभाव देश, संसार र पृथ्वीमा देखिन्छ। साथै, यो परिवर्तन कसैको लागि शुभ र कसैको लागि अशुभ हुन्छ। फाल्गुन १ गते सोमबार(१३ फेब्रुअरी) सूर्यले आफ्नो राशि परिवर्तन गरी मकर राशिबाट कुम्भ राशिमा प्रवेश गरेको छ।

कुम्भ राशिमा पहिलेदेखि नै शनिदेव बसेका छन्। जसका कारण कुम्भ राशिमा यी दुई ग्रहको मिलनको एक संयोग बनिरहेको छ। ज्योतिष शास्त्रका अनुसार सूर्य र शनिदेवको बिचमा शत्रुताको भाव हुने गर्दछ। त्यसैले चैत्र १ गते बुधबारसम्म(मार्च १५ तारिख) यी ३ राशिका व्यक्तिले यो समयमा सावधानी अपनाउनुहोला। जान्नुहोस् यी कुन-कुन राशि हुन्?

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – शनि र सूर्यदेवको संयोग कुम्भ राशिका लागि हानिकारक साबित हुन सक्छ। यस अवधिमा घाँटी र मुखमा केही समस्या हुन सक्छ।

शरीरमा सङ्क्रमण हुन सक्छ। साथै, भइरहेको काम बिग्रन सक्छ। किनकि यो संयोग कुम्भ राशिको लाग्न घरमा बनिरहेको छ। साथै जीवनसाथीको स्वास्थ्य पनि बिग्रन सक्छ। जीवनसाथीसँग केही विषयमा मनमुटाब हुन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – शनि र सूर्यको संयोग मकर राशिको लागि प्रतिकूल साबित हुन सक्छ। किनभने यो संयोग मकर राशिको कुण्डलीको दोस्रो घरमा बनिरहेको छ।

यसका साथ-साथै शनिदेव पनि मकर राशिको कुण्डलीको लग्न घरको स्वामी हुनुहुन्छ। त्यसैले यो अवधिमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। रुघाखोकी, ज्वरो आउन सक्छ। यसका साथै शनि साढे सती पनि चलिरहेको छ। त्यसैले यस समयमा व्यापार सुस्त हुनेछ। साथै सम्झौताको काम रोकिन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – शनि र सूर्यको संयोग कर्कट राशिको लागि हानिकारक साबित हुन सक्छ। किनभने यो संयोग कर्कट राशिको आठौँ घरमा बनिरहेको छ। र किनकि शनिदेव कर्कट राशिको सातौँ र आठौँ घरको स्वामी हुन्। त्यसैले यस समयमा आफ्नो ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट