आउँदो ७ दिन पैसाको थुप्रोमा सुत्छन् यी राशिका मानिस, हुनेछ एक पछि अर्को लाभ !

ज्योतिष शास्त्रका अनुसार हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन हुन्छ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – यो साता नयाँ र शुभकार्यको चर्चा चल्नेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ।

सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – साताको प्रारम्भ उपलब्धिमूलक रहनेछ। एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। शेयर बजारको लगानी पनि कमजोर रहला। आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – यो साता काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। धार्मिक, सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। आफन्त सँग रमणीय र सुखद् यात्राको योग छ। मध्य सातामा स्वास्थ्यमा समस्या बढ्न सक्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – पारिवारिक भेटघाटले साताकाे प्रारम्भमा रमाइलो माहोल बन्नेछ। पेसातर्फ लाभ उठाउन सकिनेछ। तर बीचमा उतारचढाव पनि आउनेछन्। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। आर्थिक पक्ष पनि केही सबल बन्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन्। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ। फलदायी यात्रा र शुभकार्यको चर्चा चल्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। वैदेशिक कार्यबाट लाभ र सफलता मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights