महाशिवरात्रि किन मनाइन्छ ?

फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथि अर्थात् महाशिवरात्रिको दिन शनि आफ्नो राशि कुम्भ राशिमा रहनेछ। यस्तो संयोग ३० वर्षपछि हुन् लागेको छ।

यसका साथै यस दिन प्रदोष व्रतको संयोग पनि रहेको छ। वास्तवमा चतुर्दशी तिथिको दिन त्रयोदशी पनि परेको छ। यस्तो अवस्थामा शनि प्रदोष र महाशिवरात्रिको अद्भुत संयोजन बनिरहेको छ।

यस संयोगमा गरिने शनिदेवको उपायले सबै समस्याबाट मुक्ति मिल्छ। शनिको साडेसातीबाट पीडित व्यक्तिले यी उपाय अवश्य अपनाउनु होस्। यी उपाय गर्नाले धन-समृद्धि, सुख, सुस्वास्थ्य प्राप्त हुन्छ।

महाशिवरात्रिमा शनि दोष हटाउनका लागि गंगा जलमा कालो तिल हालेर शिवलिंगमा चढाउनुपर्छ। साथै अभिषेक गर्दा शिव सहस्रनाम जप गर्नुहोस्। यसो गर्नाले शनिसँग सम्बन्धित सबै समस्याहरू हट्नेछन्। यससँगै भोलेनाथको पनि कृपा हुनेछन्।

सबैभन्दा ठुलो प्रश्न के हो भने महाशिवरात्री किन मनाइन्छ ? आज हामी महाशिवरात्री किन मनाइन्छ ?
पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । जसका कारणले महाशिवरात्रिमा विभिन्न स्थानहरुमा रातीको समयमा शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ । महाशिवरात्री यी तीन कारणहरुले मनाइन्छ ।

शिव–पार्वतीको विवाह
माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ ।

भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने एउटा मान्यता रहेको छ ।

२.महादेवको शिवलिङ्ग स्वरुप
पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ ।

३.विषपान गरेर संसारलाई संकटबाट बचाएको
भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए । यही कारणले नै महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकन्ठ पनि भनिन्छ ।

शिवरात्री र महाशिवरात्रीमा के अन्तर छ ?
हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ । यो मासिक शिवरात्रीको नामले पनि प्रचलित छ । फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवराीको नामले चिनिन्छ । पौराणिक मान्यताहरुका अनुसार यो दिन नै आधि रातमा भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएका थिए । त्यसैले यो तिथिलाई महाशिवरात्री भनिन्छ । यो दिन विशेष रुपले भगवान शिवको पुजा–अर्चना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट