ॐ: शिवलिङ्गको दर्शन स्वरुप सेयर गर्दै पुरा पढ्नुहोस् तपाईको परिवारमा सुख शान्ति मिल्नेछ

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी (शक्ति)को नाम पार्वती हो।

यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्।

श+िव= शिव मिलेर बनेको शिवको नामको “ि” लाई हटाएमा “शव” शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ।

त्यसैले भगवान शिवलाई शिवलिंगको रूपमा पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ। भगवान शिवलाई संहारको देवता भनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्।

त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।

शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नु पर्छ। शिवको बिल्वपत्र (बेलको पात) , धतुरोको फूल, प्रसादमा भाङ, चरस अति प्रिय छन्। एवम् यिनको पूजाको लागि दूध, दही, घिउ, सख्खर, मह यिनी पाँच अमृत जसलाई पञ्चामृत भनिन्छ, पूजनमा यिनीहरूको उपयोग गर्नु पर्छ।

एवम् पञ्चामृतले स्नान गराएर यसपछि इत्र चढाई जनै पहिर्‍याउने । अन्तमा भाङको प्रसाद चढाउने । जुन व्यक्ती यो व्रत संधै गर्न असमर्थ छ, व्रत बाह्र या चौबीस वर्ष गर्नु पर्छ। शिवको त्रिशूल र डमरूको ध्वनि मङ्गल, गुरु देखि संबद्ध छन्।

चन्द्रमा उनको मस्तकमा विराजमान भएर आफ्नो कान्ती देखि अनन्ताकाशमा जटाधारी महामृत्युंजयलाई प्रसन्न राखेमा बुधादि ग्रह समभावमा सहायक बन्दछन्। सप्तम भावको कारक शुक्र शिव शक्तिको सम्मिलित प्रयासले प्रजा एवं जीव सृष्टिको कारण बताइन्छ। महामृत्युञ्जय मन्त्र शिव आराधनाको महामन्त्र हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights