कुन कुरा बाट सुरु गरौं आज मेरो आफ्नो कथा। मेरो हरेक शीर्षक, हरेक खण्ड , हरेक परिस्थिती हरेक अनुच्छेदमा तिम्रो नाम छ । तिमीलाई चाहेर वा नचाहेर पनि हटाउन सक्दिन त्यसमा कुनै शंका छैन। तिमी मेरो जीवनको उत्तरी गोलार्द देखि थियौ र पश्चिममा गोलार्द सम्म हुनेछौ।
जसरी सुर ,ताल बिना संगीत अधुरो छ, त्यसैगरी तिमी नभए म पानी बिना माछा जस्ते बनेर म पनि हराउनेछु। तिमीले दिएको साथको लागि धन्यवाद भनेर तिम्रो मायाको अपमान गर्न कहाँ सक्छु र रु मैले जीवन चलाउने उदेश्य नै तिम्रो ओठमा मुस्कान हेर्नु र आफू तिम्रो छत्रछायाँ रहिरहोस् भन्ने हो।
आज अस्तव्यस्त र अगाडी बढाउनका लागि मेरो जिन्दगीको यदि कसैले चासो राख्छ भने त्यो तिमी नै हौ। कसैले तैँले किन त्यसको मतलब गरिस् भनेर तिमीलाई प्रश्न गर्दा भन्नु कि उ मेरो साथ हो भनेर तिमी आफैँमा ढुक्क हुन , अनि म तिमी मा ढुक्क हुनेछु यति भए पछि हाम्रे माया मा सायद बार अउदैन अनि मेरो मायाको एउटा मात्र सहारा भनेकै तिमी हुनेछै ।
मानिसका मुटुमा चार कोठा हुन्छन् । मेरा लागि तिमी हरेक कोठाको मध्यबिन्दु बनेर बसेकी छौ। र यसले ता मलाई केही चिन्ता छैन ३३ कोटी भगवान र ब्रहमाण्ड मा भएका नव ग्रहमा कृपाले त होला र म अहिले सम्म पनि मायामा हार्न जाने को छैन ।
तिमीलाइ अवगत हुनु पछ म कुनै कुरा म तिम्रा केही कुरा पनि हार्न सक्दिन। अब भन म तिमीलाई कुन पल नसोचौंला। मैले कुनै शब्द कारेको अवस्थामा होस् वा कवितामा शब्द अनि भाव हाल्दाँ पनि पात्र तिमी नै हुन्छौ मेरो हातमा घडी टिकटिक आवज आउँदा तिम्रो मुटु धड्किए जस्तो लाग्छ । तर हरेक पल तिमी मेरो समय बनेकी हुन्छौ।
बिहान आँखा खुल्दा दृश्य तिम्रो आओस ।
कर्म यस्तो गरौँ कि हरेक सफलता मा तिम्रो साथ होस् ।
साझा आँखा चिम्लदाँ अंगालो तिम्रो होस् ।
यति हुन सके बरु मारि नै किन नजाउँ
मर्ने वेलामा तिम्रो काँख को सिरानी होस् ।
आजभोलि एउटा प्रश्न चर्चाको शिखरमा छ धन बिनाको मन र मन बिनाको धन कुन ठूलो हो भनेर छुट्याउने कुनै सुत्रधार नै बनेकै छैन। जुन आँखाले हामी हेर्छौँ त्यहाँ त्यही ठूलो हुन्छ चाहे मन होस् या धन। हामीले इर्ष्याको चस्मा लगाएर हेर्ने गरेकाले मात्र छुट्याउन नसकेका हौं। हामी जाडो भए त्यही घाम प्यारो सोच्छौं र गर्मीमा त्यस्लाई दोष दिन कुनै कसर बाँकी छोड्दैनौं। अब भनौं त ठूलो केरु एउटै कुरा समय र परिवेसले हामी फरक तरिकाले हेर्छौं भने ठूलो र सानो किन भन्ने।
सत्रु कमाउने धन कहिल्यै ठूलो हुँदैन तर मित्र कमाउने मनलाई यसले कहिल्यै ठूलो हुन पनि दिएन। त्यसैले हामीमा दुविधा छ। अन्तर्मनको यात्रामा निस्किएको दिन भ्रमको बादल फुट्नेछ अनि मात्र सत्यको झरी दर्कन्छ र सबैले प्रेमको सही शीतलता महसुस गर्नेछन्। म पनि त्यही क्षणको प्रतीक्षामा छु तबसम्म तिमीले धैर्य गर्न सक्यौ भने बचेको जिन्दगी रमाउन सकिन्छ।
हैन भन्छौ भने त न आज सहज हुन्छ न भोलिको समय उज्यालो होला। प्रेमको कुन रंग चाहिँ आहा छ भन्नसक्छौ र म त प्रेमका हरेक किरण उज्यालो देख्छु। हरेक पल म तिम्रो चमक आफ्नो शक्ति बनाउन खर्च गरिरहेको छु। तिमी प्रेरणाको धारो खोल्ने गर तब म हारेका पाइला जित्दै निस्किनेछु। सुनको चुराले बाँधेर बन्धक बनाउने हैन, प्रेमको डोरिले स्वतन्त्र पन्छी बनेर उढ्न सिकाउँछु। तिम्रो काख सिरानी नबनाएको पनि जुग नै बित्न लागेछ।
म आज पनि ती दिनमा फर्कन चाहन्छु जहाँ म तिम्रो साथमा हराएको हुन्थे। प्रश्न गर्नु त गलत नै हुन्छ तर के तिमी मलाई आफ्नो छातीमा टाँसेर राख्छ्यौरु त्यसरी नै जसरी तिम्रो अधिकारले दिएको छ। जसरी तिमीले मलाई कहिल्यै राख्ने गर्थ्यो। जसरी म निदाउँथे अनि तिमी मलाई चुम्थ्यौ। म त्यही दिन आज पनि चाहन्छु। म मेरो प्रियाको साथ चाहन्छु।
म चाहन्छु कि तिम्रा आँखा रसाउन, तिमीले गहभरी आँसु बोकेकी हौ तर केवल खुशीले। तिमीले मेरो खातिर धमिल्याएका ती पानाहरु कुचिकारको मसी चोरेर म रंगाउनेछु। प्रेमले। सम्बोधनमा मैले प्रिय खर्चिएकोमा क्षमा चाहन्छु। तिमी प्रिय मात्र छैनौ किनकी आदर्शलाई प्रिय मात्र भन्नू अनुचित नै हुन्छ जस्तो लाग्छ। तर सम्बोधनको लागि सायद त्यो जरुरी पनि थियो। तिमी प्रिय भन्दा पनि अमुल्य छौँ ।
आज प्रेमको खाग ओढेर चरित्र हत्या गर्नेहरुको भिडमा छु म त्यही भएर डर पनि कताकता लाग्छ। कतै म पनि तिनीहरुजस्तै कपटी त हुने हैन अहँ तिमीले मायाको समुन्द्रमा डुबुल्की मार्न सिकाएकी छौ अनि म छाल बगाएर छिटा मात्र भए पनि नछरी कसरी बस्न सकुँलारु अहँ। म तिम्रो र मेरो सम्बन्ध यो जीवनमा त सकिन। बस मैले देखाउन अझ केही समय लाग्न सक्छ तर तिमी बिल्कुल पनि शंका नगर है। तिमीलाई क्षितिजको त्यो गुमनाम बिन्दुमा छोडेर म कुनै यात्रामा निस्कने छैन यो मेरो वचन भो।
हिजो आज खाना बनाउदा जब हात पोल्छ, तरकारीसँगै कहिलेकाहिँ जब औँलाहरु काटिन्छन् तब तिमीले रोएका पलहरु याद आउँछ। तिमी अस्वथ हुँदा त्यसलाई बहानाका रुपमा अटेर गर्ने म आजभोलि कसैलाई बहाना गर्न सक्दिन। तिमीले परम्परागत रुपमा जब मलाई चार दिन भान्सा जिम्मा लगाउँथ्यौं, तब पनि म क्रान्तिकारी बिचार झिकेर तिमीलाई नै दुख दिन्थेँ। मेरा बाले त झन तिमीलाई कति दुख दिएका छन् म आज महसुस गर्दैछु। तिमीले बाको सिकायत गरिरहँदा म मत्लब नगर्ने आज सत्यको झरीमा रुझेपछि छर्लङ्ग छु। तिम्रा कुनै पनि कुरा झुटा थिएनन्।
आज घुम्दै थिएँ कामको खोजीमा तर जताजता पुग्थे तिमीलाई नै भेट्टाउँथे। तिमीबाट टाढा हुँदा तिमी मलाई कहाँ टाढा हुन दिन्छ्यौ र तिमीले बिरामी छस् हो छोरा भन्दा आमा म खुब रोएँ। हो, आमा ४ दिन भैसकेछ आज शरीरले अस्वस्थ महसुस गरेको। तिमीलाइ सुनाएर तिम्रो पिर चिन्ता बढाउन नसेकेरै भन्ने आँट गरिन। तिमी मलाई यति धेरै माया गर्छौ, त्यही भएर आजसम्म हार्न सकेको छैन। तिमीलाई कहिल्यै मैले आइ लभ यु भनिन तर मेरो मायाको सागर कहिल्यै कम भएको छैन आमा।
मलाई आशीर्वादको फोहोरा सँधै बर्साइरहनु ताकी म आफ्नो पथबाट बिचलित नहुँ। तिमीले मलाई सफलतामा सधै साथ र खराव कार्य गरेमा सुधार गर्ने मौका दिनु ताकि भोलिको उज्यालो म तिम्रो काखमा छर्न सकूँ। तिम्रो चरण स्पर्श गरेर बिहानीको झिसमिसे उज्यालोलाइ पनि इन्द्रेणीको रंगजस्तै सुन्दर बनाउन सकुँ। अनि तिम्रो काखमा मैले भोगेका दुखलाइ छोप्न सकूँ ।
Discussion about this post