मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – बुधको गोचर तपाईको लागि लाभदायी साबित हुन् सक्छ। यो गोचर तपाईको राशिबाट दोस्रो भावमा हुँदैछ, जसलाई धन र वाणीको भाव मानिन्छ। त्यसैले यस समयमा तपाईलाई आकस्मिक धन प्राप्ति हुन् सक्छ।
साथै यस समयावधिमा धनका मामिलामा गरिएका फैसला तपाईको हितमा नै हुनेछ। यसका साथै व्यापारी वर्गको लागि यो अवधि निकै हितकारी साबित हुनेछ। यो समयमा तपाईलाई पुरानो लगानीबाट पनि लाभ हुनेछ। तर यस समयमा तपाईले आफ्नो स्वास्थ्यको बारेमा सावधानी अपनाउनुपर्नेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – बुधको राशि परिवर्तन तपाईका लागि शुभ फलदायी सिद्ध हुन् सक्छ। यो गोचर तपाईको राशिबाट सप्तम भावमा हुँदैछ, जसलाई वैवाहिक जीवन र साझेदारीको स्थान मानिन्छ। त्यसैले यस समयमा तपाईंको जीवनसाथीसँग राम्रो तालमेल मिल्नेछ।
यसका साथै कार्यक्षेत्रको दृष्टिकोणले पनि यो अवधि अत्यन्तै शानदार रहनेछ। आफ्नो जीवनसाथीको नाममा व्यापार गर्नेहरूका लागि यो समय निकै सफल रहनेछ। त्यस्तै यस अवधिमा तपाईहरुले आफ्नो पार्टनरशिपको पनि काम सुरु गर्न सक्नुहुन्छ, जसमा लाभको योग छ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – वृष राशिका लागि बुधको गोचर करियर र जागिरको दृष्टिले शुभ साबित हुन सक्छ।
बुध ग्रह तपाईको कुण्डलीको दशम भावमा विचरण गर्दैछ, त्यसैले यस समयमा तपाईले काम-कारोबारको मामिलामा सफलता हासिल हुन् सक्छ। साथै व्यापारी वर्गको लागि पनि यो अवधि निकै हितकारी साबित हुन् सक्छ। यस अवधिमा तपाईले व्यापारमा राम्रो प्रगति गर्नुहुनेछ।
Discussion about this post