यी ४ राशिका व्यक्ति हुन्छन भाग्यमानी र अघिक धनि

2.8k
VIEWS

मानिस जन्मेदेखि नै सघर्ष गर्न सिकिरहेको हुन्छ । जन्मदा नै उसले आफ्नो भाग्यरेखा लिएर जन्मिएको हुन्छ । ज्योतिषशास्त्रका अनुसार कुनै पनि व्यक्तिको भाग्य उनीहरु जन्मेको समय, ग्रहको स्थिति र नक्षरको रेखाबाट थाहा पाउन सकिन्छ। मानिस जति ठुलो हुन्छ र परिपक्क हुन् थाल्दछ उसलाई त्यति नै धन कमाउने तिब्र चाहाना हुन्छ ।

हरेक मानिसको नाम उसको जन्म समय, दशा, नक्षत्र, र ग्रहको स्थितिको हिसाबबाट राख्ने गरिन्छ । धर्मशास्त्रलाइ मान्ने हो भने हामीले ज्योतिषशास्त्रलाइ पनि बिश्वास गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्रले जन्मकुण्डली हेरेर उसको भविष्य कस्तो छ भनेर बताउने गर्दछ ।

राशिले प्रत्येक व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका राख्दछ । राशिअनुसार कुन व्यक्तिको स्वभाव कस्तो हुन्छ र उसले जीवनमा कति प्रगति गर्दछ भन्ने अनुमान लगाउन सकिन्छ ।

यी ४ राशिका व्यक्ति भाग्यमानी र अघिक धनि हुने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ । उनीहरुले कम समयमै धन र सम्वृद्धि कमाउने उल्लेख छ । यी ४ राशिका व्यक्ति भाग्यमानी र अघिक धनि हुन्छन

मेष राशि : मेष राशिको स्वामी मंगल ग्रहहो । मंगलले मेष राशिलाइ विशेष प्रभावमा राख्ने काम गर्ने हुँदा उसको आशिर्वाद र कृपा रहन्छ । धन प्राप्त गर्ने इच्छा यस राशिमा अधिक रहेको हुन्छ भने मेष राशि भएका व्यक्तिको जीवन धन धान्यले भरिपूर्ण हुने शास्त्रमा बताइएको पाइन्छ।

वृष राशि : ज्योतिषशास्त्रका अनुसार शुक्र ग्रहलाई भौतिक सुख सुविधा र धन वैभवको प्रतिकको रुपमा मानिएको पाइन्छ । यसको स्वामी शुक्र ग्रह रहेकाले यस राशिलाई शुक्र ग्रहको कृपा रहन्छ । भाग्य र कर्मले गर्दा यस राशिका व्यक्तिलाई कहिलै धनको कमि नहुने बताइन्छ । यो राशि भएका व्यक्ति धन प्राप्तिबाट एकदमै सम्पन्नशाली हुन्छन भने उनीहरुलाई आकर्षक बस्तु बढी मनपर्ने हुन्छ ।

कर्कट राशि : चन्द्रमा कर्कट राशिको स्वामी हो भने जल तथा शीतलताको प्रतिक चन्द्रमालाई मानिन्छ । यी राशिका मानिसहरु जस्तोसुकै काम गर्न पछी पर्दैनन् भने धेरै नै मेहनती हुने भएकाले सानो उमेरमा नै धन प्राप्ति गर्न सफल हुन्छन । यो राशि भएका व्यक्तिहरु एकदमै चन्चल स्वभावको हुन्छन ।

सिंह राशि : सिंह राशिको प्रतिक पनि सिंह नै हो। यी राशिमा सूर्यको प्रभाव रहने भएकाले निकै तेज हुन्छन् । यस्ता व्यक्ति निकै क्षमतावान हुने भएकाले विलासी बस्तु मन पराउँछन्। उनीहरु आफ्नो इच्छा र आकांक्षा पुरा गर्न एकदम मेहनत गर्ने हुँदा धन कमाउन सफल हुन्छन । अधिक मेहनतका कारण उनीहरुको घरमा लक्ष्मीको बास हुने हुँदा उनिहरुको जीवन धनले भरिपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights