भगवानको नाकदेखि आँखासम्म फूल, अक्षता, अबिर, लड्डु कोचेर धर्म हुन्छ ?

तपाईँलाई खाना खानलाई खण्डे थाल चाहिन्छ, लुगा राख्न दराज चाहिन्छ, अनि भगवानलाई चाहीँ किन जे ल्यायो शिरैमा थुपार्ने ? तपाईँलाई पनि भरेदेखि टाउकोबाट नै तरकारी, दाल खनाएर खाना खुवाए कसो होला त ?”

भगवानको शिरमा भिजिरहेका कपडा र कुहिन थालेका फलफूलहरु हुन्छन्। के यस प्रकारको पूजाले भगवान खुसी हुनुहोला त? बिचरा भगवान हाम्रो ताल, तमासा देखेर मुसुमुसु हाँसी रहनुभएको होला ?

कण कणमा भगवान भन्दाभन्दै भगवान बस्ने लायक सफसुग्घर कहाँ छ नेपाल ? सबै भित्रै भगवान हुनुहुन्छ भन्दाभन्दै पनि , खोई त देखेको भगवान अरुको आत्मामा? त्यो कुरा बुझ्न ज़रुरी थियो।

तर मान्छे भने भगवानलाई चढाएर, खुसी पारेर भगवानले आफूलाई राम्रो गरिदिनु होला भन्नेतिर मस्त छ। मान्छेले भगवानलाई पनि आफूज़स्तै ठानेको छ- सामान पाएर दङ्ग, पैसा पाएर दङ्ग, प्रश‍सा पाएर दङ्ग। यी सब भगवानलाई के काम?

हामीमा लोभ छ, अहम छ र पाएर दङ्ग हुन्छौँ। बिचरा ईश्वर त हामीले ज्ञान पाएर, त्यस ज्ञानको सदुपयोग गर्न सक्यौँ भने पो दङ्ग हुनुहोला। मन्दिर गई बीचबाट लाइनमा पसी अरुलाई ठेलमठेल गरेर भगवानको अगाडि उभिन किन शर्म लाग्दैन?

गणेश भगवान को नाकदेखि आँखासम्म लड्डु कोचेर के धर्म गर्नु भो त? त्यसैले ढुंगाको मूर्ति बनाउने चलन गरेको होला? जति पैसाले हान, जति अबिर र केसरीले होली खेलाइदेउ बिचरा गणेशजी अडिग रहनुभएको छ।

भगवानलाई भगवान जस्तै गरेर श्रद्धा भक्ति गरे पो मानवलाई पनि त्यसरी नै श्रद्धा गरिन्थ्यो। भगवानलाई ढुंगा कै व्यवहार भएपछि मान्छेको मन पनि ढुंगो भैसकेको छ। माइसंसारबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights