घर होस् वा अफिस भूलेर पनि नराख्नुहोस् यी ६ चीज, नत्र देखाउनेछ विनाशको संकेत

काठमाडौँ । वास्तुशास्त्रअनुसार कुनै बस्तु घरमा वा व्यापार व्यवसाय गर्ने ठाउँमा राख्दा नफाप्ने हुन्छ। यी ६ चिज तपाइको घरमा वा व्यापार गर्ने ठाउँमा छ भने तुरुन्त हटाईहाल्नुहोस्।

यी चिजहरु घरमा राख्दा आर्थिक समस्याबाट कहिले मुक्ति पाउन सक्दैन। हरेक दिन कुनै न कुनै समस्याले घेरीरहन्छ। के-के हुन ती ६ चीज ?

१) नटराजको मुर्ति नटराजको मुर्तिमा भगवान शिव ताण्डव नृत्यको रुपमा हुनु हुन्छ। जुन विनाशको सूचक मानिन्छ। त्यसैले घरमा राख्नु अशुभ मानिन्छ।

२) ताजमहलको तस्बिर ताजमहल सुन्दर हुनुको साथ-साथै चिहान पनि हो। ताजमहल मृत्युसंग जोडिएको छ। त्यसैले यस्को तस्बिर वा प्रतिक घरमा राख्नु हुँदैन।

३) डुब्न लागेको जहाज पानीमा डुब्न लागेको जुन सुकै बस्तु वास्तुशास्त्रअनुसार अशुभ मानिन्छ। घर सजाउन राखिएको पानीजहाजको तस्बिर तपाइको घरको सोभा बढाउनुको सट्टा घट्न सक्छ। आर्थिक समस्या आउन सक्छ त्यसैले पानीजहाजको तस्बिर वा प्रतिक घरमा राख्नुहोस्।

४) जंगली जनावरघर सजाउने बहानामा हामी ह्रिंसक जंगली जनावरको तस्बिर राख्ने गर्छौ। यस्ता जनावरको तस्बिर घरमा राख्दा मानिसको स्वभाव पनि उस्तै हुने गर्छ।

५) महाभारत र ग्रन्थमहाभारत पुजनीय ग्रन्थ हो। तर यसलाई घरमा राख्नु अशुभ मानिन्छ। यो पारिवारिक झगडाको कहानी हो। यसलाई घरमा राख्दा घरमा झैँ झगडा बढ्ने, तनाव बढ्ने हुन्छ।

६) शंखको साथमा रथरथ युद्धमा उपयोग हुने बस्तु हो भने शंख युद्ध शुरु हुन लाग्दा बजाईन्छ। त्यसैले यी दुई बस्तुसंगै राख्नु हुँदैन। यसले घरमा अशान्ति पैदा गर्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights