एकैरात कैयौँ मन्दिरमा तोडफोड, फलामको छडले हानेको देखियो

बङ्ग्लादेशको ठाकुरगाँव जिल्लामा सडकछेउमा बनाइएका १२ वटा मन्दिरमा तोडफोड भएको विवरण आएको छ । मन्दिरमा भएका १४ वटा मूर्ति रातिको समयमा तोडफोड गरिएको बताइएको छ ।

घटना सम्बन्धमा अज्ञात आरोपितहरूविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । “फेब्रुअरी ४ तारिखको राति केही अज्ञात व्यक्तिहरूले मूर्ति तोडफोड गरेका रहेछन् । प्रहरीले यस बारे छानबिन गरिरहेको छ,” बालियाडाँगी थानाका कार्यवाहक अधिकारी खैरुल अनामले भने ।

स-साना मन्दिर:बालियाडाँगी उपजिल्लाका कार्यकारी अधिकारी विपुल कुमारका अनुसार ६/७ किलोमिटर लामो सडक किनारमा बनाइएका ससाना मन्दिरका मूर्ति तोडफोड भएको छ । उनका अनुसार मन्दिरहरू एकदम सानासाना थिए र तिनको रेखदेख गर्ने खासै व्यवस्था थिएन ।

“ती ठूला वा चर्चित मन्दिर होइनन् । सडकछेउमा रूख र बाँसघारीनजिक अथवा सुनसान स्थानमा बनाइएका मन्दिर हुन्,” प्रहरी अधिकारी खैरुल अनामले भने । विवरणमा जनाइए अनुसार ती मन्दिरहरूमा कुनै पूजाआजा हुने गरेको थिएन ।

धनतला क्षेत्रमा सबैभन्दा धेरै आठ वटा मूर्ति तोडफोड गरिएको छ । उपजिल्ला कार्यकारी अधिकारी विपुल कुमारका अनुसार रातिको समयमा मोटरसाइकलमा आएका मानिसहरू तोडफोडमा संलग्न हुन सक्छन् ।

“मोटरसाइकलमा सवार व्यक्तिले फलामको छडले मूर्ति तोडफोड गर्दै हिँडेको देखिन्छ । दलबलका साथ आएर सुनियोजित रूपमा घटना भएको जस्तो छैन,” उनले थपे । विगत सय वर्षमा सो क्षेत्रमा यो प्रकृतिको पहिलो घटना भएको विपुल कुमारले बताए ।

‘बाहिरिया मानिसको संलग्नता’: घटनामा बाहिरी मानिसहरूको संलग्नता हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन् । आउँदा दिनमा मन्दिरहरू बेवारिसे नरहून् भन्ने हिसाबले प्रशासन अगाडि बढ्ने विपुल कुमारले बताए ।

धनतलाका अध्यक्ष समरकुमार चटोपाध्यायका अनुसार मूर्तिमा तोडफोड गरिएको घटनाका कारण कुनै प्रकारको अशान्ति सिर्जना भएको छैन । “यो क्षेत्रमा सनातन धर्म मान्ने मानिसहरूको सङ्ख्या उल्लेख्य छ । सोमवार पनि प्रहरीले गस्ती गरेको थियो,” उनले भने ।

तोडफोडमा फलानो नै संलग्न होलान् भनेर किटान गर्न सक्ने अवस्था नरहेको चटोपाध्यायले थपे । चारोल क्षेत्रका अध्यक्ष दिलिपकुमार चटर्जीका अनुसार सो क्षेत्रमा पनि एउटा मन्दिरको मूर्ति तोडफोड भएको छ । घटनालाई लिएर सो क्षेत्रका मानिसहरूमा त्यस्तो कुनै सन्त्रास नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट