महाशिवरात्रिको दिन चम्किनेछ ५ राशिको किस्मत, मिल्नेछ भगवान शिवको विशेष कृपा

हिन्दू पञ्चाङ्ग अनुसार हरेक वर्ष फाल्गुण कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाइने महाशिवरात्रि पर्व यो वर्ष फाल्गुन ६ गते अर्थात् फेब्रुअरी १८ तारिख शनिबारको दिन परेको छ। महाशिवरात्रिको दिन भगवान शिवको विधिवत पूजा गरिन्छ। ज्योतिष शास्त्र अनुसार यो वर्ष महाशिवरात्रिमा विशिष्ट योग बन्नेछ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू शिवरात्रिको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ। महाशिवरात्रिको दिन ५ राशिका जातकका लागि अत्यन्तै भाग्यशाली रहनेछ। यी राशिका जातकमाथि भगवान शिवको विशेष कृपा रहनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – मेष राशिका लागि महाशिवरात्रि निकै शुभ रहनेछ। यस दिन मेष राशिका मानिसहरूले भगवान शिवको विशेष कृपा प्राप्त गर्नेछन्। यससँगै मनोकामना पूरा हुने योग बन्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – वृष राशिका व्यक्तिलाई पुत्र प्राप्त हुन् सक्छ। साथै महाशिवरात्रिको दिन विशेष लाभ प्राप्त गर्न सकिन्छ। यस दिन शिवलि;_ङ्गमा समीको पात र घ्यु चढाउँदा मनोकामना पूरा हुन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – महाशिवरात्रिको दिन मिथुन राशिका व्यक्तिहरूले केही शुभ समाचार पाउन सक्छन्। साथै यस दिन भोलेनाथको विशेष आशीर्वाद प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – महाशिवरात्रिको दिन सिंह राशिका व्यक्तिहरूलाई विशेष लाभ मिल्नेछ। यस दिन गाईको घ्यु र चिनी मिसाएर चढाउँदा मनोकामना पूरा हुन्छ। साथै सबै प्रकारका समस्याहरू हट्नेछन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – महाशिवरात्रिको दिन कर्कट राशिका व्यक्तिहरूले भगवान शिवको कृपा प्राप्त गर्नेछन्। यस दिन भगवान शिवलाई रुद्राभिषेक गर्नाले जीवनका सबै समस्या हटेर जान्छ। साथै भगवान शिवको कृपाले दुःखबाट मुक्ति मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट