महाशिवरात्रिबाट सुरु हुँदैछ यी राशिका सुनौला दिन, एक महिनासम्म मिल्नेछ प्रशस्तै लाभ

हिन्दू धर्ममा महाशिवरात्रिको धेरै महत्व छ। यो वर्ष महाशिवरात्रि फागुन ६ गते शनिबार(फेब्रुअरी १८)को दिन परेको छ। ज्योतिष शास्त्रका अनुसार महाशिवरात्रिदेखि एक महिनासम्म केही राशिका व्यक्तिहरूले सुखमय जीवन बिताउनेछन्।

यी मानिसहरूका लागि फाल्गुन महिना कुनै वरदान भन्दा कम हुने छैन। यी राशिका जातकले फाल्गुन महिनामा कुनै पनि खाले समस्याहरुको सामना गर्नुपर्दैन्। जान्नुहोस्, महाशिवरात्रिबाट कुन-कुन राशिको भाग्योदय हुँदै छ त…

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष बलियो हुनेछ। व्यापार-व्यवसायमा लाभको योग बन्नेछ। दाजुभाई तथा दिदीबहिनीबाट भरपूर सहयोग प्राप्त हुनेछ। साहस र पराक्रम बढ्नेछ। मान-सम्मान र पद-प्रतिष्ठामा वृद्धि हुनेछ। जीवनसाथीसँग समय बिताउने अवसर मिल्नेछ।

काममा सफलता मिल्ने सम्भावना छ। भाग्यले साथ दिनेछ। नोकरी तथा व्यवसायका लागि समय शुभ रहनेछ । तपाईको कामको प्रशंसा हुनेछ। परिवारका सदस्यहरूसँग समय बिताउने अवसर प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुखको अनुभूति गर्नुहुनेछ। परिवारबाट अचानक शुभ समाचार आउन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – नोकरी तथा व्यवसायका लागि समय शुभ रहेको छ। मान- सम्मान मिल्नेछ। काममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यहरूसँग समय बित्नेछ। राम्रो नतिजा प्राप्त हुनेछ। कामको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्।

बढुवा या आर्थिक लाभको पनि योग बन्नेछ। कुनै नयाँ कामको सुरुवातको लागि सूर्य गोचर लाभदायी साबित हुनेछ। शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका लागि समय वरदान भन्दा कम हुनेछैन्। लेनदेनको लागि समय शुभ छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – यस समयावधिमा पारिवारिक सम्बन्धमा मधुरता बढ्नेछ। जागिरको खोजीमा रहेका व्यक्तिहरुले शुभ समाचार प्राप्त गर्नेछन्। आत्मविश्वास बढ्नेछ। दाम्पत्य जीवन सुखद् रहनेछ।

धन लाभ हुनेछ, जसले गर्दा आर्थिक पक्ष मजबूत हुनेछ। आर्थिक मामिलामा सफलता मिल्नेछ। समाजमा मान-सम्मान बढ्नेछ। पद-प्रतिष्ठामा वृद्धि हुनेछ। लगानीबाट लाभ हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – यो महिना तपाईको लागि लाभकारी साबित हुनेछ। लेनदेनको लागि समय शुभ छ। यस समयावधिमा तपाईको मान-सम्मान बढ्नेछ। कार्यक्षेत्रमा लाभ मिल्नेछ।

सूर्य गोचर कालमा तपाईले सफलता हासिल गर्नुहुनेछ। धन आगमनका नयाँ अवसरहरु प्राप्त हुनेछ। व्यापारीहरुले मनग्यै नाफा कमाउनेछन्। यो समय तपाईहरुका लागि वरदान भन्दा कम हुनेछैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट