आज पूर्णिमामा बन्दैछ अत्यन्तै शुभ संयोग : यसरी गर्नुस् लक्ष्मीलाई प्रसन्न, हुनेछको धनको वर्षात्

हिन्दू धर्ममा पूर्णिमा र औँसीको विशेष महत्व छ। हरेक महिनामा पर्ने औँसी-पूर्णिमामा भगवानको विशेष पूजा, व्रत र दान-स्नान गरिन्छ। तर कतिपय पूर्णिमा र औँसीको विशेष महत्व हुन्छ। तीमध्येको एक हो माघ शुक्लपक्षको पूर्णिमा।

पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्लपक्षको पूर्णिमाको दिन विधिपूर्वक समापन गरिन्छ । यो वर्ष माघ शुक्लपक्षको पूर्णिमा भोलि माघ २२ गते अर्थात् ५ फेब्रुअरीमा परेको छ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले यस दिन व्रत समापन गर्छन्।

त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि यहीँ दिनदेखि अन्त्य गरिँदैछ ।

माघ शुक्लपक्षको पूर्णिमादेखि माघ महिना समाप्त हुनेछ र भोलिपल्टदेखि फाल्गुन सुरु हुन्छ। ज्योतिष शास्त्र अनुसार यस पटक माघ पूर्णिमामा विशेष संयोग बनिरहेको छ। यस दिन केही विशेष उपायहरू गर्नाले देवी लक्ष्मी प्रसन्‍न भई धेरै सुख-समृद्धि प्रदान गर्छिन्।

यी उपायले लक्ष्मी मातालाई प्रसन्न पार्नुहोस्: आर्थिक सङ्कटबाट छुटकारा पाउन वा धेरै धन लाभ गर्न माघी पूर्णिमामा माता लक्ष्मीलाई ११ वटा कौडा अर्पण गर्नुहोला।

ती कौडामा बेसारको तिलक लगाउनुहोला र पूजा गरी अर्को दिन रातो कपडामा बाँधी धन स्थानमा राख्नुहोस्। केही दिनमै तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ।

माघ पूर्णिमाको दिन माता लक्ष्मीको पूजा गरी खीर चढाउनुपर्छ। त्यसपछि लक्ष्मी मन्त्रको जप गर्नुहोस्। माघी पूर्णिमाको दिन बिहान नुहाएर पिपलको रुखमा जल चढाएर पूजा गर्नुहोस् । माता लक्ष्मीले तपाइको सबै दुःख हटाउने छिन् ।

तपाईको घरमा माता लक्ष्मीको आगमन होस् र सधैँ बास गरून भन्ने चाहनुहुन्छ भने पूर्णिमाको बिहान स्नान गरी तुलसीलाई जल चढाउनुहोला। साँझमा दियो बाल्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट