हरेक मन्दिरमा र धार्मिक कार्यमा घण्टीको प्रयोग किन गरिन्छ ? यस्तो छ रहस्य

मन्दिर वा पूजाघरमा हामीले घण्टीको प्रयो गरेको त देखेकै होलाउँ । मन्दिरको द्वारमा वा बाहिर घण्टी झुन्डाइएको हामीले देखेकै छौँ । यो प्रचलन प्राचीन काल देखि नै चल्दै आएको छ । विशेष रुपमा घण्टी बजाउँदा वातावरण शुद्ध हुने विश्वास रहेको छ ।

हिन्दू धर्ममा श्रृष्टिको रचनाकालमा ध्वनिलाई महत्वपूर्ण मानिन्छ । ध्वनीबाट नै प्रकाश उत्पत्ति भएको मानिन्छ ।जब पृथ्वीको उत्पत्ति भयो त्यो बेला घण्टीको ध्वनि नै नादको प्रतिक मानिन्थ्यो । जहाँ घण्टी सधैँ बज्छ त्यहाँको वातावरण पनि शुद्ध हुन्छ ।

साथै नकारात्मक शक्ति हट्ने विश्वास रहेको छ । घण्टीलाई समयको प्रतिक पनि मानिन्छ । जब प्रलय कालको समय आउँछ त्यो बेला यसै प्रकारको ध्वनि बज्ने विश्वास छ । स्कन्द पुराणका अनुसार मन्दिरमा घण्टी बजाउनाले सबै पाप नाश हुन्छन् ।

यसरी उत्पति भएको थियो ताप्लेजुङमा पाथिभरा देवि ! शेयर गर्नुहोस् ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ । चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।

यो मन्दि यात्रा गर्न जो कोहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेको छैन ।

परापूर्वकालमा त्यहाका गोठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगोठ बनाउने गर्थे एक दिन अचानक रातको समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएको र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

देविले दिएको निर्देशन अनुसार बलियो भेडालाई बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताको तस्तै त्यहि ठाउमा देखिएपछि देविको साच्चै उत्पती रहेको किमदन्ती रहदै आएको छ ।

त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ ।

सोहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयौको संख्यामा भेडाहरूको बलि दिने चलन रहेको छ ।पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ ।

तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलाई नमानी शंकाको घेरामा राख्ने हो भने देवीको नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन ।

यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् ।पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ ।

त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट