शिलु महादेव मन्दिर बागमती प्रदेशको भक्तपुर दरबार क्षेत्रमा अवस्थित एक मल्लकालीन हिन्दू मन्दिर हो। यस मन्दिर गोसाइँकुण्डमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि बनाइएको थियो।
शिलु महादेव मन्दिरलाई फरक–फरक नामले चिनिन्छ। नेपाली भाषामा यस मन्दिरलाई शिलु महादेव मन्दिर भनेर चिनिन्छ जुन चाहिँ गोसाइँकुण्डको नेवारी नामबाट आएको हो।
अर्को नाम फसी देग मन्दिर वा सरल रूपमा “फसी देग” अथवा “फसी:देग” (फर्सी मन्दिर; किनभने यो मन्दिर फर्सी जस्तो देखिन्थ्यो) पनि व्यापक रूपमा प्रयोग गरिन्छ।अर्को नाम नीलकण्ठेश्वर महादेव मन्दिर पनि हो।
किंवदन्ती अनुसार जब भक्तपुरको पाँचतले मन्दिर निर्माण गरिँदै थियो, तेसबेला कान्तिपुरका राजाले भक्तपुरका राजालाई एउटा मन्दिर आफैं निर्माण गर्दिने भनेका थिए। भक्तपुरका राजाले प्रस्ताव स्वीकार गरे अनि तब उनले मन्दिर निर्माण गर्नकोलागी एक वर्षको लागि म्याद तोके।
तर, एक वर्षभित्र पनि मन्दिरको निर्माण पूरा भएन र मन्दिर निर्माणको काम बीचैमा रोकियो जसका कारण मन्दिरको नाम “मजा: देग’ (अधुरो मन्दिर) बाट चिनिन थाल्यो।
शिलु महादेव मन्दिर भक्तपुरका राजा जगतप्रकाश मल्लको पालामा वि.सं १७०७ सालमा निर्माण भएको थियो भनिन्छ र केही विवरणका अनुसार यो मन्दिर जितामित्र मल्लको शासनकालमा बनेको भनिन्छ। गोसाइँकुण्डमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर बनाइएको थियो।
यो मन्दिर सुरुमा शिखर शैलीमा बनेको थियो। विसं १९१० सालमा बेलायती चित्रकार हेनरी एम्ब्रोस ओल्डफिल्डले लेखेका थिएकी शिलु महादेव नेपालकै सबैभन्दा ठूलो ग्रन्थकुट वा शिखर शैलीको मन्दिर हो भनेर। शिलु महादेव मन्दिरको चारै दिशामा उडान सिंहहरू स्थापित छन् जुन चाहिँ भक्तपुरको नृत्यवत्सला मन्दिर र ललितपुरको कृष्ण मन्दिरमा पनि देख्न सकिन्छ।
Discussion about this post