गुल्मीमा व्यक्ति गत लगानीमा आकर्षक मन्दिर निर्माण

गुल्मीमा व्यक्तिगत लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१३, र गुल्मीदरबार गाउँपालिका–३ को सिमानामा पर्ने भुवने डाँडामा लाखौँ रकम खर्च गरेर एक व्यक्तिको लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको हो ।

गुल्मीदरबार गाउँपालिका–३ का सुब्बा बस्नेतले आफ्नै लगानीमा यस जिल्लाको ऐतिहासिक एवम् धार्मिक क्षेत्र रेसुङ्गाको काखमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भि;त्र्याउने उद्देश्यले श्रीरामको मन्दिर नि;र्माणका लागि लगानी गर्नु भयो ।”

“पचास लाख भन्दा बढीको लगानीमा मन्दिरसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋ”षि महर्षिहरूका कलात्मक दृश्यहरू निर्माण गरिएको छ । उक्त कलात्मक दृश्यहरू हेर्न जानेको सङ्ख्या दिनप्रतिदिन बढ्ने गरिएको छ ।”

यहाँ निर्माण गरिएको मन्दिर र रेसुङ्गा क्षेत्रसँग धार्मिक महत्त्व जोडिएर आउने सुब्बा बस्नेतले बताउनुभयो । धार्मिक महत्त्वसँगै पर्यटकीय महत्त्व पनि उत्तिकै रहेकाले निजी लगानीमा मन्दिर निर्माण गरेको उहाँको भनाइ छ ।

पर्यटकीय पार्कसँगै निर्माण गरिएको मन्दिर र कलात्मक दृ,श्य मनै लोभ्याउने बनेको छ । यहाँबाट जिल्लाका विभिन्न स्थानहरूसँगै छिमेकी जिल्ला अर्घाखाँची र पाल्पालगायत विभिन्न स्थानहरू देख्न सकिन्छ ।

मन्दिर नजिकै रहेको भँगारी भुवने डाँडा,दारेढुङ्गा पिकनिक स्पोर्टमा बस्न विभिन्न प्रकारका विश्रामस्थलसहितका छाताहरू, वनभोज जानेहरूको लागि पकाउने स्थलसँगै मनमोहक दृश्यहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट