जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

जया एकादशी व्रतका केही उपायले तपाईको भाग्य बदल्नेछ । यसबाट भगवान विष्णुको विशेष कृपा प्राप्त हुन्छ । यी उपायले ऋणबाट मुक्ति मिल्छ, घरमा सुख शान्ति पनि आउँछ । आउनुहोस् जानौं के के हुन् ती उपाय ।

तुलसी रोप्नुहोस्
जय एकादशीको दिन तुलसीको विरुवा रोप्नुहोस् । यसो गर्नु धेरै फलदायी मानिन्छ तर विरुवा रोप्नु अघि यसको दिशा जान्नु आवश्यक छ । तुलसीको विरुवा उत्तर, उत्तर पूर्व वा पूर्व दिशामा मात्र लगाउनु पर्छ ।

पिपलको रुखमा पानी चढाउनुस्
जय एकादशीका दिन पिपलको रुखमा जल चढाउँदा ऋणबाट मुक्ति मिल्छ । यस दिन तामाको भाँडोमा पानी र चिनी मिसाएर पीपलको रुखमा चढाउनुपर्छ ।

तुलसीको अगाडि घ्यूको दियो बाल्नुहोस्
घरमा सुख शान्तिको लागि जय एकादशीको दिन तुलसीको बोटको अगाडि घ्यूको दियो बाल्नु पर्छ । यसपछि ११ पटक परिक्रमा गरेर भगवानलाई याद गर्नुहोस् ।

नौ बत्ती भएको बत्ती बाल्नुहोस्
नौ बत्तीसहित घ्यूको दियो बाल्दा आर्थिक संकट हट्ने जनविश्वास छ । यो दियो रातभर जलिरहनु पर्छ, यो निभाउनु हुँदैन ।

दान गर्नुहोस्
जया एकादशीको दिन दान गर्नुपर्छ । यस दिन पहेँलो रङ्गका बस्त्र, खाना र पहेँलो रंगका अत्यावश्यक वस्तुको दान गर्नु शुभ र फलदायी मानिन्छ ।

माखना खीरको भोग गर्नुहोस्
पुजारीहरुका अनुसार जया एकादशीको दिन घर वा घरको छतमा पहेँलो झण्डा फहराउनुपर्छ । साथै यस दिन मखानाको खीर बनाएर त्यसमा तुलसीको दाल मिसाएर भगवान श्रीहरि विष्णुलाई अर्घ दिनुपर्छ ।

जया एकादशीको महत्व
यो व्रत गर्नाले भगवान विष्णुसँगै लक्ष्मी देवीको कृपा प्राप्त हुनुका साथै ब्रह्महत्या जस्ता पापहरू पनि पन्छिने जनविश्वास रहेको छ । यो व्रत राख्नाले पिशाच योनिमा जाने डर रहँदैन र व्रत बस्ने व्यक्तिले मोक्ष प्राप्त गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights