सूर्य र बृहस्पति १२ वर्षपछि मेष राशिमा मिलन हुँदैछ। बृहस्पति एक वर्षसम्म एकै राशिमा गतिमान रहन्छ। त्यसैले बृहस्पतिलाई एक राशिबाट अर्को राशिमा जान एक वर्ष लाग्छ। यहीँ कारण बृहस्पति र सूर्यको संयोग पूरै १२ वर्षपछि मेष राशिमा बन्न लागेको हो।
यस राशिमा सूर्य उच्च हुनेछ जबकि गुरु आफ्नो मित्र सूर्यसँग रहनेछ। दुवै ग्रह अग्नि तत्वका हुन्। यस्तो अवस्थामा यस वर्ष मेष राशिमा गुरु र सूर्यको मिलन हुने भएकोले चैत्रदेखि नै धेरै गर्मी बढ्नेछ।
चैत्र र बैशाख महिनामा सूर्य र गुरुको संयोगको कारण केही राशिका व्यक्तिले बढुवा पाउनुका साथै तलबवृद्दि पनि हुनेछ। जसले गर्दा उनीहरुको आर्थिक एवं सामाजिक स्थिति राम्रो हुनेछ।
मेष राशिमा सूर्य-बृहस्पति संयोगको प्रभाव: १२ वर्षपछि मेष राशिमा सूर्य र बृहस्पतिको संयोग हुन लागेको हो। यसलाई निकै दुर्लभ संयोग मानिन्छ। सूर्य र बृहस्पतिलाई अग्नि तत्वको राशि मानिन्छ।
यस्तो अवस्थामा तपाईको राशिमा यी दुईको मिलनले तपाईको उर्जा बढाउनेछ। यति मात्र होइन, यस अवधिमा तपाईले आफ्नो कार्यक्षेत्रमा वरिष्ठ अधिकारीहरुको मन जित्न सक्नुहुनेछ। समग्रमा कार्यस्थलमा तपाईको प्रभाव बढ्नेछ।
मिथुन राशिमा सूर्य-गुरु संयोगको प्रभाव: मिथुन राशिका लागि सूर्य र बृहस्पतिको संयोजन ११ औँ घरमा हुँदैछ। यस्तो अवस्थामा तपाईको आम्दानी बढ्ने प्रबल सम्भावना छ। सूर्य र बृहस्पतिले तपाईलाई धेरै लाभ दिनेछ।
समग्रमा सूर्य र बृहस्पतिको संयोग तपाईका लागि लाभदायी रहनेछ। यति मात्र होइन, यस समयमा दाजुभाइबाट पनि राम्रो सहयोग मिल्नेछ। तपाईको कुनै ठुलो इच्छा पनि पुरा हुनसक्छ। जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने साथीभाइको सहयोगमा जागिर परिवर्तन गर्न सक्नुहुन्छ ।
कर्कट राशिमा सूर्य-गुरु संयोगको प्रभाव: कर्कट राशिका लागि सूर्य र बृहस्पतिको संयोजन करियर र व्यापारमा लाभदायक हुनेछ। वास्तवमा कर्कट राशिको १० औँ घरमा सूर्य र बृहस्पतिको मिलन हुन् लागेको हो। यस अवधिमा तपाईले राम्रो कामको अवसर प्राप्त गर्नुहुनेछ। व्यापार-व्यवसायमा आबद्द कर्कट राशिका जातकले राम्रो मुनाफा कमाउनेछन्।
सिंह राशिमा सूर्य-गुरु संयोगको प्रभाव: सूर्य र बृहस्पतिको संयोग तपाईको राशिको ९ औं घरमा हुनेछ। यी दुई ग्रहको मिलनले तपाईको जीवनमा सफलता र समृद्धि ल्याउनेछ। यस अवधिमा तपाईलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ।
सूर्य सिंह राशिको स्वामी ग्रह हो, त्यसैले यस समयमा सूर्यले तपाईलाई सकारात्मक परिणाम दिनेछ। वैदेशिक यात्रामा जान चाहनेहरूका लागि पनि यो अवधि लाभदायी साबित हुनेछ। यस समयमा तपाईको बुवासँगको सम्बन्ध धेरै राम्रो हुनेछ।
मीन राशिमा सूर्य-गुरु संयोगको प्रभाव: मीन राशिमा सूर्य-गुरुको संयोग दोस्रो भावमा हुँदैछ। दोस्रो भावलाई वाणी र समृद्धि भाव भनिन्छ। यसका साथै तपाईको आर्थिक स्थिति अत्यन्तै राम्रो हुने देखिन्छ।
त्यस अवधिमा तपाईको धनमा बढोत्तरी हुनेछ। यस समयमा तपाईंले आफ्नो कुराकानीबाट अरूलाई प्रभावित गर्न सक्षम हुनुहुनेछ। यस समयावधिमा तपाईको पदोन्नति र तलबवृद्धिको बलियो सम्भावनाहरू छन्। यस अवधिमा तपाईंले आफ्नो रोकिएको पैसा पनि प्राप्त गर्नुहुनेछ।
Discussion about this post