मंगलबार यी शुभ कार्य गर्नु : कार्यसिद्दि हुनेछ,भाग्यवृद्दि हुनेछ !

वैदिक ग्रन्थमा मंगल काे दिन सबैभन्दा शुभ र कल्याणकारी मानिएकाे छ । ग्रन्थका अनुसार आजैका दिन भक्तराज हनुमान आफ्ना भक्तहरूलाई सम्झिन्छन् ।

यदि तपाइलाई लाग्छ कि जति मेहनत गर्दापनि सफलता मिल्दैन र कतैपनि याेग्य हुनुसक्नु भएन यदि यसाे हाे भने मंगलबारका दिन अपनाउनुहाेस यी उपाय, तपाइकाे बन्द भाग्यकाे ताला खुल्ने छ र अवस्यपनि लाभ हुनेछ ।

मंगलबारका दिन तान्त्रिक हनुमान यंत्रकाे स्थापना गर्नुकाे धेरै महत्त्व छ । मंगलबारका दिन आफ्नाे पूजा गर्ने ठाउँमा तान्त्रिक हनुमान यंत्रकाे स्थापना गर्नुहाेस र त्यस यंत्रकाे पूजा गर्नुहाेस ।

चाडै फल मिल्नेछ ।मंगलबारका दिन साँझकाे समयमा कुनै हनुमान मंदिरमा जानुहाेस् र एउटा सरसुकाे तेलले र एउटा शुद्ध गाइकाे घिउले दियाे जलाउनुहाेस् । त्यसपछि त्यहीँ बसेर हनुमान चालिसाकाे पाठ पढ्नुहाेस् । हनुमानकाे कृपा पाउने राम्राे उपाय हाे ।

मंगलबारका दिन बिहान नुहाएर कुनै पिपलकाे रूखकाे तल सरसुकाे तेलले दियाे बाल्नुहाेस् । त्यसपछि पूर्व दिशातिर मुख गरेर तुलसीकाे माला हातमा लिएर ११ चाेटि राम नामकाे जप गर्नुहाेस् ।

कुनै पनि मङ्गलबार साँझकाे समय हनुमानजीलाइ गुलाबकाे माला चढाउनुहाेस् । हनुमानजीलाइ प्रसन्न गर्ने याे उपाय सबैभन्दा राम्राे उपाय हाे ।मंगलवारका दिन बिहान नुहाएर बरकाे एउटा पात लिनुहाेस् र त्यसलाइ शुद्ध पानीले धाेएर केही समयसम्म हनुमानजीकाे अगाडि राख्नुहाेस् र त्यसपछि त्यसमा केशरी रंगले जय श्रीराम लख्नुहाेस् र त्यस पातलाइ आफ्नाे पर्समा राख्नुहाेस् । यसाे गर्नाले कहिल्यै धन खाली हुनेछैन ।

यदि तपाइ शनि ग्रहले पीडित हुनुहुन्छ भने मंगलबारका दिन एउटा भाँडामा काला काेइला राख्नुहाेस् र त्यसमा एक/ दुई रूपैँयाकाे सिक्का राख्नुहाेस् । त्यसपछि त्याे भाँडालाइ आफ्नाे पुरै शरीर घुमाएर कुनै नदिमा बगाउनुहाेस् । त्यसपछि कुनै हनुमान मंदिरमा गएर राम नामकाे जप गर्नुहाेस् । यसाे गर्नाले शनि दाेषकाे प्रभाव कम हुनेछ ।

यसैगरी हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ।ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी मानिन्छन्। नन्दी सहित सबै गणहरूका देवता चाहीँ गणेश मानिन्छन् ।

गणेशको रूपले के बुझाउछ ? भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ । यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ । भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ । काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन् ।

भगवान श्री गणेशको अङ्गप्रत्यङ्गले के महत्व छ जन्नुहोस् :भगवान श्री गणेशको जन्म : (भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिव जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्।

भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।

तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे।

भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।” यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्।

यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए।

त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।

गणेश शब्दसँग सम्बन्धित बिषयहरूगणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्: गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ।गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ । गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ । श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights