यसरि भएको थियो कुशेश्वर महादेवको उत्पत्ति, भेटि स्वरुप ॐ लेखेर एक सेयर गर्नुहोस

काठमाडौं । सिन्धुलीको दुम्जा स्थिति कुशेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या अहिले निक्कै बढेको छ । काठमाडौंबाट पूर्वको तीर्थयात्रामा निस्कनेहरू दुम्जाको महादेव दर्शन गरेर मात्र हलेसी जाने गर्दछन् ।

तराई र पूर्वबाट काठमाडौं जाने पनि दुम्जाको महादेव मन्दिरमा पसेकै हुन्छन् । उपत्यकाबाट दुम्जासम्म दर्शन गर्न आउनेको सङ्ख्या पनि बाक्लो छ । काठमाडौंबाट तीन घण्टाको यात्रामा सजिलै आइपुग्ने भएपछि दुम्जाको महादेव मन्दिर उपत्यकाबाट नजिकको तीर्थस्थल बनेको छ ।

कुशेश्वर महादेव मन्दिरको ठ्याक्कै पारिपट्टि सुनकोसी नदी किनारमा अर्को एउटा महत्पूर्ण धार्मिक एवं एतिहासिक स्थल छ । जसमा धेरै मानिसको ध्यान नै पुग्दैन । अझ कतिलाई त थाहा नै छैन ।

कुशेश्वर मन्दिरको पारी नदी किनारमा रहेको ऐतिहासिक र धार्मिक स्थलको नाम हो विश्वामित्र गुफा । रामेछापको खाँडादेवी गाउँपालिका–१ मा रहको विश्वामित्र गुफा कुशेश्वर महादेव मन्दिरबाट पैदल गए १० मिनेटमा पुगिन्छ । सवारी साधन पनि गुफासम्म नै पुग्छ ।

मध्य पहाडी लोक मार्गको मुनी सुनकोसी किनारमा रहेको गुफामा लुभुघाटको पुल तर्ने बित्तिकै पुगिन्छ । विगतमा पुल नहुँदा गुफामा पुग्ने बाटो थिएन । पुल बनेपछि कुशेश्वर महादेव र विश्वामित्र गुफा जोडिएका छन् ।

सुनकोसी नदी किनारमा रहेको विश्वामित्र गुफालाई ऐतिहासिक गुफा मानिन्छ । नदी किनारमा रहेको यो गुफामा विश्वामित्र ऋषिले तपस्या गरेको भनाइ रहेको छ । सो गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योग बलले गर्दा सुनकोसी नदी पार गरी पूजाआजाको लागि कुशेश्वर मन्दिर जाने र फर्किएर आई सोही गुफामा ध्यान गर्दथे भन्ने विश्वास रहेको कुशेश्वर महादेव मन्दिरका पुजारी विष्णुप्रसाद नाराल बताउनुहुन्छ ।

बिहान बेलुका कुशेश्वर मन्दिरमा पूजा गरी आफूले बाँकी समय सोही गुफामा ध्यानगर्दै आएको पुजारी नाराल बताउनुहुन्छ । ‘नदीको शान्त आवाज र एकान्त गुफा भएकोले अध्ययन र ध्यान गर्न यो स्थान अति उपयोगी छ’, उहाँले भन्नुभयो ।

सो गुफाको संरक्षण र प्रवर्धनका लागि अहिले सरकारको तर्फबाट पनि केही प्रयास भएको छ । गुफाको गेट बनाउनुका साथै विश्रामस्थल समेत बनाइएको छ । जसले गर्दा गुफामा आउने दर्शनार्थी तथा पर्यटकलाई सहजा भएको पुजारी बताउनुहुन्छ । यदि तपाईँ पनि कुशेश्वर महादेव मन्दिर जाँदै हुनुहुन्छ भने विश्वामित्र गुफा जान नबिर्सनुस् है ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights