अयोध्या पठाउन लागिएको शिला पूजा गर्न जनकपुरधाममा भक्तजनको भीड

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको बेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्‍याइएको छ।

आईतवार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो। यसअघि नेपालको म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानहरुमा लगेर पूजा, अर्चना गरिएको थियो।

देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्याका पुर्‍याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहीतले जानकारी दिए। भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो। भारत पठाउनु अघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका छन्।

भारत पठाउन लागिएका शिलाहरुको पूजा, आराधनाका लागि यतिबेला जनकपुर धाममा भक्तजनहरुको भीड रहेको छ। जनकपुरधाम वासीहरु शिलाको पूजाका लागि उपस्थित भइ रमाइलो गरिरहेका छन्।

नेपालबाट शिला भारत लग्न लागेकाले आफूहरु खुशी भएको जनकपुरधामवासीहरु बताउँछन्। यसले नेपाल र भारतीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उनीहरुको विश्वास छ। शिला बुधवारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ। शिला कालीगण्डकीबाट पोखरा हुँदै विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट