काठमाडौँ । हाम्रो समाजमा सपनालाई कतिपय संकेतको रुपमा पनि बुझिने गरिएको छ । सपनालाई राम्रो र नराम्रो भनेर पनि छुट्याउने गरिन्छ। डरलाग्दो वा खराब सपना देखेपछि त्यसले हामीमा चिन्ता पैदा गर्छ।
यस्तो सपना देख्नुमा वास्तु दोष मुख्य कारक हुने शास्त्रमा उल्लेख छ। आज हामी तपाईलाई खराब सपनाबाट बच्ने केही उपायका बारेमा जानकारी दिदैछौँ।
सुत्ने बेला ध्यान दिनुहोस् यी कुरा महिला राति कपाल बाँधेर नसुत्नुहोस्।
धेरै महिलाको मनमा यो प्रश्न उठ्ने गर्छ की राति कपाल छोडेर सुत्ने की बाँधेर ? तपाईको मनमा पनि यस्तो प्रश्न उठेको छ भने आज हामी तपाईलाई त्यसको खुलदुली मेटाउने प्रयास गर्ने छौँ ।
राति कपाल बाँधेर सुत्ने बानी छ भने त्यसलाई आजै हटाउनुहास्। राति कपाल खुल्ला छोडेर सुत्नाले मिठो निद्रा लाग्ने र राम्रो सपना देखिने विश्वास गरिन्छ। त्यसैले राति सुत्दा कपाल खुल्ला राख्नु उत्तम हुन्छ।
ओछ्यान सफा गरेर सुत्नुहोस्: यदि राम्ररी ओछ्यान सफा नगरिकन सुतिएको छ भने पनि खराब सपनाको शिकार बन्न सकिन्छ । त्यसैले सुत्नुभन्दा अगाडि ओछ्यान राम्ररी मिलाउनुपर्छ । साथै सुत्नुअघि गोडा धुने बानी गर्नुपर्छ।
जुत्ता चप्पल बेडमुनी नराख्नुहोस्: कतिपयको बानी राति सुत्दा आफ्नो जुत्ता, चप्पल खाटमुनि नै राख्ने हुन्छ। यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सच्याउनुपर्छ । जुत्ता वा चप्पल ओछ्यानमुनि राख्दा पनि खराब सपनाहरु देखिन्छन् भन्ने वास्तुको मान्यता छ।
सिरानीमा चक्कु राख्नुहोस्: राति निद्रामा डरलाग्दो सपनाले सताउँछ भने सुत्नुभन्दा अगाडि आफ्नो सिरानीमुनि एउटा चक्कु राखौं । चक्कु नभए फलामको कुनै धारिलो हतियार राखौ । यसो गर्दा वास्तुको हिसाबले तपाईं आफ्नो समस्याबाट छुट्कारा पाउन सफल हुनुहुनेछ।
Discussion about this post