यी महिना जन्मिने व्यक्ति हुन्छन् करोडपति, कतै तपाई पनि त पर्नुभएन ?

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो। मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ। विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ।

शनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। त्यसैगरि कुनै पनि मानिसको जन्म महिनाको प्रभाव समेत उसको जीवनमा पर्ने गर्छ। आज हामी तपाईहरुलाई महिना अनुसार व्यक्तिको स्वभाव र भाग्यको बारेमा बताउन जाँदैछौँ।

वैशाखः वैशाख महिनामा जन्मिएका व्यक्तिहरु धनवान ,राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका हुने गर्छन। यस महिना जन्म भएकाहरु अरुसँग मित्रवत व्यवहार गर्ने र कसैसँग कुनै दुश्मनी बनाउन नचाहाने स्वभावका हुन्छन।

जेष्ठः यस महिनामा जन्मिएका व्यक्तिहरु धेरै मेहेनती र उत्तम बुद्धि भएका हुन्छन्। उनीहरु आफ्नो कडा परिश्रम र मेहेनतको बावजुद प्रशस्त धनसम्पति आर्जन गर्न सक्छन।

असारः असार महिनामा जन्मिएका व्यक्तिहरु निकै भाग्यमानी हुने गर्छन र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न सफल हुनेछन्। यस महिना जन्मेकाहरुले थोरै मात्र सुख भोग गर्ने मौका पाउनेछन्।

साउनः साउन महिनामा जन्मेका व्यक्तिहरु धार्मिक कामहरुमा बढी रुचि राख्ने गर्छन। उनीहरुको जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका व्यक्तिहरु आफ्नो पार्टनरबाट भरपूर माया पाउने हुँदा जीवनभर सुखी र खुशी रहन सक्छन।

भाद्रः भाद्र महिनामा जन्मेका महिलाहरुले व्यक्तिहरु निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन्। यो महिनामा जन्म लिएका व्यक्तिहरु मिठो बोली र सरल भएका हुन्छन। कडा मेहेनत र परिश्रमका बावजुद यिनीहरुले प्रशस्त धन संचित गर्न सक्छन।

असोजः यस महिनामा जन्म भएका व्यक्तिहरु निकै सुन्दर ,पवित्र मन भएका र धनवान हुने गर्छन। यिनीहरु अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन।

कार्तिकः यस महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्छन। यस महिना जन्म भएका मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका हुन्छन। यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न सक्दैनन्।

मंसीरः मंसीर महिनामा जन्म हुने मनिसहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन। उनीहरु झुट बोलेको सहन सक्दैनन्। यस महिनामा जन्मेका व्यक्तिहरुको मन धार्मिक काममा बढी जान्छ । यिनीहरु प्रशस्त धन आर्जन गर्न सफल हुन्छन तर खर्च बढी गर्ने बानीका कारण त्यति धन संचित गर्न भने सक्दैनन्।

पुषः यस महिनामा जन्मेका मानिसहरुको सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ। उनीहरु आफ्नो कडा मेहेनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल हुन्छन। पुष महिनामा जन्म लिएका व्यक्तिहरुले सामाजिक कामबाट समेत ठूलो मान सम्मान पाउन सक्छन।

माघः यस महिना जन्मिएका व्यक्तिहरुको मन निकै सफा हुने हुँदै अन्य कसैको नराम्रो सोच्दैनन्। यिनीहरु हँसिलो र जिद्दी स्वभावका हुन्छन। माघ महिनामा जन्म भएका मानिसहरुलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त धनसम्पति जोड्ने मौका मिल्नेछ।

फाल्गुणः फाल्गुण महिनामा जन्मेका मानिसहरु निकै दयावान, धनवान र विद्यावन हुने गर्छन। उनीहरु अन्य कसैको दुख देख्न नसक्ने हुँदा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्छन। यस महिना जन्मेका व्यक्तिहरु निकै रिसालु स्वभावका भएपनि अरुको दुखमा सधैंब साथ सहयोगका लागि अगाडी बढ्ने गर्छन।

चैतः यस महिनामा जन्मेका व्यक्तिहरु पैसाको राम्रो बन्दोवस्त गर्न सक्ने हुँदा ठूलो मात्रामा धन संचय गर्न सक्छन। चैतमा जन्म भएका व्यक्तिहरुले स्वास्थ्यमा भने राम्रो ध्यान पुर्याउन आवश्यक हुन्छ। यिनीहरु निकै रिसालु भएपनि अरुलाई दया गर्ने स्वभावका हुने गर्छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट