काठमाडौँ । मानिसको सबै कुरा तय उसको जन्मले निर्धारण गरेको हुन्छ। जन्म समयकै आधारमा उसको राशि तय हुन्छ। राशिले नै त्यो मानिसको सबै कुरा बुझ्न र हेर्न सकिन्छ।
विश्व मानव समुदायले नै विज्ञानको रुपमा स्वीकारेको ज्यातिष शास्त्रले एउटा कुराको खुलासा गरेको छ। हरेक मानिसको व्यवहार फरक-फरक हुने गर्छ।ज्योतिष शास्त्र अनुसार हेरक राशिको व्यवहार फरक हुने कुरा बताउने गर्छ।
ज्योतिषीहरुको भाषामा भन्नु पर्दा तपाई हाम्रो जीवन राशिअनुसार चल्छ। यसैले कुन राशिको व्यक्ति कस्तो भन्ने छुट्याइएको हुन्छ। आज हामी त्यही ज्योतिष विज्ञानले छुट्याएको राशि अनुसार मानव समुदायकै अद्भुत शक्ति भएको राशिहरुको बारेमा जानकारी दिँदैछौ ।
मेष राशिः यस श्रेणीमा मेष राशि सबैभन्दा पहिलो नम्बरमा रहेको छ। मेष राशि सबै राशिमध्यको सबैभन्दा उर्जावान मानिन्छ । मेष राशि हुने मानिसहरु सधैं सक्रिय रहन्छ भने रोक्नु यीनिहरुको स्वभावमा नै हुँदैन।
उनीहरु आफ्ना कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन्। उनीहरु कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा उनीहरु सफल पनि हुन्छन्।
बृश्चिक राशिः बृश्चिक राशि भएका मानिसहरु समर्पित तथा इमान्दार हुन्छन्। जो मानिसहरु योग्य हुन्छन् र जसले मन जित्छ, उनीहरुसँग यस राशिका व्यक्तिहरु इमान्दारी निभाउँछन।
बृश्चिक राशिका मानिसहरुसंग भविष्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ भने उनीहरु आफ्नो भविष्य बनाउनका लागी पनि निकै मेहेनत गर्दछन।
कुम्भ राशिः कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको नै उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन्। उनीहरु सधैं आफ्नो मनभन्दा मस्तिष्कको प्रयोग गर्छन् र आवश्यक परेको खण्डमा यीनिहरु आफ्नो भावना र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन्।
मकर राशिः मकर राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ । मकर राशि हुने व्यक्ति निकै बलवान हुन्छन् भने उनीहरु छिट्टै हार मान्दैनन्। मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ र आफुले चाहेको हरेक कार्य पुरा गरेरै छाडछन्। यसै कारणले गर्दा पनि मकर राशिका मानिसहरुले जीवनमा धेरै छिटो सफलता हासिल गर्न सक्छन्।
Discussion about this post