ज्योतिषशास्त्र भन्छ, यी चार राशि भएका व्यक्ति हुन्छन् धनवान र बिलासी

ज्योतिष शास्त्रमा व्यक्तिका विभिन्न कालखण्डको अवस्था, धन, लाभ, हानी अदीबारे व्याख्या गरिएको पाइन्छ। मानिसको ग्रह दशा र भाग भोग उसको जन्ममिति, स्थान र समयका आधारमा तयार हुने ज्योतिषशास्त्रमा बताइएको छ।

ज्योतिष शास्त्रले व्यक्तिको उत्तम समय, खराव समय त्यसबाट बच्न प्रयोग गर्ने विधि र तरिका बारेपनि व्याख्या गरेको हुन्छ। ज्योतिषमा राशि अनुसार मानिसले धन सम्पत्ति आदी कमाउन योग्य हुन्छ।

ज्योतिष अनुसार कुनै राशीका मानिसलाई धन बढी मात्रामा फाप्छ भने कुनै राशी भएकालाई विद्या आदी। यी चार राशि भएका मासिन मिहेनतमा विश्वास राख्छन्। त्यस्तै उनीहरुलाई धन आर्जन कसरी हुन्छ भन्ने पनि जानकारी हुन्छ।

वृष राशि: यस सूचीमा सवैभन्दा पहिलो नाम छ वृष राशिको भएका मानिसको। जो शुक्र ग्रहको प्रभावमा हुन्छन्। शुक्र ग्रह धन, विलासिता तथा रोमान्सको सूचक हो। तसर्थ जसको वृष राशि रहेको छ उनीहरु विलासी तथा धनवान हुने छन् भने धन कमाउने अवसरको खोजी गर्ने खालका हुने गरेका छन्।

वृश्चिक राशि: दोस्रोमा वृश्चिक राशि रहेको छ। यो राशि हुनेहरु भौतिक वस्तुसँग बढी प्रेम गर्ने खालका हुन्छन्। गाडी, ठूलो घर, धेरै फैलिएको सम्पत्ति।

यी सवै चिजले यो राशि भएकालाई आकर्षित गर्छ। आकर्षित मात्र गर्ने होइन कि यस्ता चिज पाउनका लागि यि राशि भएका मानिसहरु लागि पर्छन् र हासिल गरिछाड्छन्।

कर्कट राशि: तेस्रो राशि कर्कट हो जो अवसरको तलासमा रहने गर्छन्। यी भावुक हुन्छन् र आफ्नो परिवारसँग नजिकको सम्बन्ध बनाउँछन्।

यि राशिभएका हरुको उदेश्य आफ्नो परिवारका सदस्यलाई हरसमय खुसीमा राख्नु हुनेछ। यस मानसिकता र स्वभावका कारण यिनिहरु हरेक क्षण मिहेनत गर्छन्। यी राशि भएकाहरु मिहेनति हुन्छन् र त्यसको फल राम्रो नै निस्कन्छ। जसका कारण यी धनवान हुन्छन्।

सिंह राशि
सिंह राशि भएकाहरु भीडमा आफ्ना पहिचान बनाउनका लागि लागि पर्छन्। उनीहरु आफ्नो पहिचान अरुको भन्दा फरक बनाउँन खोज्छन्। उनीहरुको उदेश्य अरुले याद गरुन् भन्ने खालको हुन्छन्।

यी राशि भएका मानिसहरु महंगो खालको मोबाइल बोक्ने खालका गाडी मा घुम्ने खालका हुन्छन् जसका कारण अरु मानिसले उनीहरुलाई नोटिश गरुन्। जसका लागि धनको आवश्यकता त पर्छनै। यो राशि भएकाहरु पनि आर्थिक रुपमा सवल हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights