हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – साता त्यति राम्रो छैन । केही काम होला कि भन्ने आशा गरे पनि सफलता पाइने छैन । निरर्थक हिँडाइ भने प्रशस्त होला । मद्दत गर्नेहरूको सङ्ख्या अत्यन्त सीमित छ । पछाडि बसेर छिर्की हान्नेहरू निकै नै छन् । शिवजीको दर्शन र आराधना गरिरहनुहोस् ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – बाधा आए पनि यो साता लड्न सक्ने क्षमता यथेष्ट छ । हातले समातेको व्यवसायमा अनेकौँ कठिनाइ खडा हुन सक्छ र तपाईंको विरोध गर्नेहरू पनि धेरै हुनेछन् । माधव नारायणको दर्शन गरिरहनुहोस् अथवा विष्णु सहस्रनामको नित्य पाठले बाधा हट्न सक्छ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – यो साता खर्चको परिमाण घट्ने नभई बढ्दै जानेछ । परिवारबाट त्यति सन्तोष पाउनुहुने छैन । स्वार्थी खालका मित्र छन् । यात्राको सम्भावना हाल देखिन्न । प्रेम वा विवाहको कुरामा बाधा तेर्सिन सक्छ । भगवतीको आराधना गरिरहनुहोस् । जागिरको आर्जनले व्यवहार धानिनेछ
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – साताका सुरुका दिनमा स्वास्थ्य गडबडिन सक्छ । जाडोको मौसममा हुने रोगले सताउला र स्वास्थ्यकै लागि खर्च बढ्न पनि सक्छ । मित्र भने असल खालका छन् । असल खालका मित्र हुँदा मद्दत नै गर्नेछन् । घरपरिवारबाट पाउने सहयोगमा कमी हुने छैन ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – साताका सुरुका दिनमा बढी खर्च होला र आफ्नै खर्चले भोजभतेर गर्नुपर्नेछ । पढाइमा भन्दा व्यवसायको सम्बन्धित काममा खर्च हुन जाला । वास्तविक सहयोग दिने मित्र कम छन् र स्वार्थीको सङ्ख्या धेरै छ । एकै थलोमा बस्न मन लाग्ने छैन र यात्रा बढी होला ।
Discussion about this post